अज्ञात समूहद्वारा युवककाे हत्या
२०७४ जेठ १५ गते

“
असाेज १, मकालु खबर । राप्तीसोनारी–१ कुसुम क्षेत्रमा एक युवकको शनिवार राती हत्या भएको छ । राजमार्गदेखि झन्डै ७ सय मिटर दक्षिण तर्फ खोला किनारमा अन्दाजी २७ वर्षको युवकको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।
‘घटनाको सूचना पाउनासाथ एरियामा कर्डन एण्ड सर्च थालिएको छ’, इलाका प्रशासन कार्यालय कोहलपुरका इन्चार्ज डिएसपी यज्ञ भट्टराईले भने, ‘मृतकको सनाखत हुन सकेका छैन ।’
घटनास्थल देखि ५ सय मिटर मकैबारीमा रा १ प ४९२५ नम्बरको पहेलो अपाचे मोटरसाइकल लुकाइएको अवस्थामा फेला परेको छ । घटनाको अनुसन्धानका लागि बाके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक बहादुर तामाङ मध्यरात घटना स्थल पुगेका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








