नेपाललाई यु–१९ पूर्वी क्षेत्र क्रिकेटको उपाधी

असोज १, काठमाडौँ । नेपाल एसिसी यु १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मलेसियामा आज सम्पन्न फाइनलमा हङकङलाई ५ विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

यो उपलब्धिसँगै नेपाल अर्को महिना मलेसियामा हुने एसिसी यु १९ एसिया कपका लागि छनोट भएको छ । एसिया कपमा टेष्ट मान्यता प्राप्त राष्ट्रको सहभागिता समेत रहनेछ ।

नेपालले सुरुवातमा ३९ रन बनाउदा ३ विकेट गुमाइसकेको थियो । जसमा ओपनरद्वय सन्दिप सुनार र आसिफ शेख सहित अनिल शाह पविलियन फर्किसकेका थिए ।

नेपालका लागि सुनारले १९ तथा शाहले १६ रन बनाए भने आसिफ १ रनमा सीमित भएका थिए । कत्पान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २२ रन जोडे भने सुमित महर्जनले रनको खाता खोल्न सकेनन् । प्रनित थापा मगरले १५ औँ ओभरको तेस्रो र चौथो बलमा छक्का प्रहार गर्दै विजयी रन जोडेका थिए ।

प्रतियोगितामा विना दबाब अघि बढेको नेपालका लागि पहिलो पारिमा नेपालका लागि सहाब आलमले ३, सन्दीप लामिछानेले ३ तथा कप्तान दीपेन्द्र र अनिल शाहले समान १ विकेट लिएपछि हङकङलाई ३२ं।१ ओभरमा ७६ रनमा अलआउट गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *