एमालेका वडा अध्यक्ष उम्मेदवार कुवरको दाेहाेराे नागरिकता भेटिएपछि

२०७४ जेठ १५ गते

“
असाेज १, बारा । जिल्ला प्रशासन कार्यालय बाराले दोहोरो नागरिकता लिएका एमालेका वडा अध्यक्षका उम्मेदवार जयराम कुवरको नागरिकता खारेज गरेको छ । कुवरले लिएको पछिल्लो पटकको नागरिकता खारेज गरिएको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए ।
पछिल्लो पटक लिएको नागरिकताकै आधारमा उम्मेदवारी दिएकोले नागरिकता खारेजीपछि उनको उम्मेदवारीको बारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अयोगले निर्णय लिने प्रमुख जिल्ला अधिकारी मानन्धरको भनाई छ ।
कुवरले एमालेको तर्फबाट निजगढ नगरपालिकाको वडा नम्बर ४ मा अध्यक्ष पदका लागी उम्मेदवारी दिएका थिए । दाबी विरोधको दिन उनले दोहोरो नागरिकता लिएको विषयमा उजुरी परेको थियो । नेपाली काग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार सुनिल चौधरीले उजुरी हालेका हुन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित