मिस एभरेष्ट २०१७ को उपाधि दिप्ती श्रेष्ठलाई

   
भाद्र ३१, काठमाडौँ । मिस एभरेष्ट २०१७ को उपाधि दिप्ती श्रेष्ठले हात पारेकी छिन् । आज प्रज्ञा भवनमा आयोजित ग्राण्ड फेनाले कार्यक्रममा १२ प्रतिष्पर्धीलाई पछि पार्दै दिप्तीले मिस एभरेष्टको दोस्रो सिजनको उपाधि हासिल गरेकी हुन् ।

भवानी इन्टरटेनमेन्टको आयोजनामा भएको प्रतियोगिताको फस्ट रनरअप दिप्ती न्यौपाने भईन् भने, सेकेण्ड रनरअप एंजिता कंडेल भईन् ।

कार्यक्रमको निर्णायकमा नायक तथा गायक कोसिस क्षेत्री, मोडल लविन अन्सारी, इभेण्ट मेनेजर सावित्री ढुङ्गाना, मोडल दिक्पाल कार्की, अलिमा ध्वजू रहेका थिएभने, कार्यक्रमको प्रमुख अतिथिमा सान इन्टरनेशनल कलेज, ॐसमाजका चियरमेन डा. सुवास घिमिरे रहेका थिए । कार्यक्रममा विजयी प्रतिष्पर्धीहरुलाई प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुले उपाधि तथा पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा फाइनल चरणमा पुगेका १२ प्रतिष्पर्धीहरुलाई व्यक्तिगत विभिन्न उपाधि दिइएको थियो ।

प्रतियोगितामा मिस अनुशासन एलिशा डाँगी, वेस्ट वाक सिफोरा मगर, वेस्ट हेयर पासाङ ल्हामू शेर्पा, मिस पर्शनालिटी रितिका डंगोल, वेस्ट स्माइल सोनु गिरी, वेस्ट स्कीन आस्मा केसी, मिस बब्ली अंजिता कंडेल, मिस कन्फिडेन्ट दिप्ती न्यौपाने, मिस फोटोजेनिक दिप्ती श्रेष्ठ, मिस ट्यालेन्ट सुचित्रा कार्की, मिस पङ्चुवल सिफरा मगर भएका थिए । यसै गरी सिम फ्रेण्डसिप वर्षा लामिछाने, मिस पपुलर अंजिता कंडेल, मिस स्टाइलिष्ट दिप्ती श्रेष्ठ, अर्गनाइजर च्वाइस अनिशा तामाङ भएका थिए ।

२ महिना अघि सम्पन्न अडिसनबाट विभिन्न चरण पार गर्दै फाइनलमा १२ प्रतिष्पर्धीलाई प्रतिस्पर्धा गराईएको भवानी इन्टरटेन्मेण्टका म्यानेजिङ डाइरेक्टर सोनित ढुङ्गेलले बताए । प्रतियोगितामा सहभागी प्रतिष्पर्धीहरुलाई व्यक्तित्व विकासका विभिन्न तालिमहरु दिइएको थियो । फोटो : इभेन्ट संसार डटकम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =