७ वर्षमा यौन तालिम, ११ वर्षमा विवाह !

तपाईँलाई अचम्मका लाग्ला कि एउटा जनजाति यस्तो पनि छ जहाँका ६–७ वर्ष उमेरका बालबच्चाले सम्भोग गर्न थाल्छन् । पपुआ न्यू गिनीमा बस्ने ट्रोबियान्ड जनजातिको समुदायमा यस्तो प्रचलन छ । यतिमात्र होइन, ११–१२ वर्ष भएपछि यहाँका बच्चाहरूको विवाह पनि भइसक्छ ।

अझ अचम्मको कुरा के छ भने यहाँका बच्चाहरूलाई शारीरिक सम्बन्ध बनाउनका लागि तालिम पनि दिइन्छ । शारीरिक सम्बन्ध बनाउनका लागि बालक र बालिकाको छनोट दुवैका आमा–बुवाले आपसी सहमतिमा गर्छन् । जुन बालक र बालिकाबिच शारीरिक सम्बन्ध भएको छ, उनीहरू बिच नै विवाह गराइन्छ । यद्यपि, बालक बालिकाको आपसी सहमति भए उनीहरूले आफ्नो पार्टनर पनि परिवर्तन गर्न सक्छन् । अर्थात्, यहाँका बच्चाहरू खेल्ने कुद्नेमा नभई शारीरिक सम्बन्धमा लुप्त हुन्छन् । ११ –१२ वर्ष पुग्नेबित्तिकै शारीरिक सम्बन्धमा रहँदै आएका बालरबालिकाको विवाह हुन्छ ।

यहाँ यस्तो परम्परा वर्षौंदेखि चल्दै आएको छ । बच्चाहरू कम उमेरमा नै परिपक्क होउन् भन्ने उद्देश्यले यस्तो गरिएको त्यहाँका समुदायले बताएका छन् । २० वर्षको उमेर पुगुञ्जेल उनीहरूको चार पाँचजना बच्चा भइसकेको हुन्छ । साथै यहाँका बच्चाहरूलाई कम उमेरमा नै कठिन शारीरिक परिश्रम पनि गराउँछन् ।

विवाहको नियम अचम्मकोः
ट्रोबियान्ड जनजातिको विवाहसँग जोडिएको अचम्मको नियमले उनीहरूलाई अरू जनजातिभन्दा भिन्न गराएको छ । विवाहभन्दा पहिले बालिकाले आफूलाई मनपरेको बालकको घरमा रात बिताउन सक्नेछिन् तर बिहान उनी घर फर्कनुपर्ने हुन्छ ।

बिहान बालिकाकी आमा आफैँ ती जोडीलाई खानेकुरा लिएर बालकको घरमा आउँछिन् त्यसपछि आफ्नी छोरीलाई लिएर जान्छिन् । यस्तैगरी, विवाहको एक वर्षसम्म उनीहरू सँगै बस्न सक्छन् । त्यसपछि भने यदि उनीहरू छुट्टिन चाहन्छन् भने उनीहरूले यसो गर्न सक्छन् । अर्थात्, विवाह भएको एक वर्षपछि उनीहरूले आफूलाई मनपरेको मानिससँग शारीरिक सम्बन्ध बनाउन सक्छन् ।

अझ अचम्मको कुरा के छ भने यदि युवतीले बच्चालाई जन्म दिन्छिन् भने उनले जसरी पनि आफ्नो श्रीमानको घर छोड्नुपर्ने हुन्छ । त्यसपछि यदि महिला चाहन्छिन् भने उनले आफूलाई मनपरेको पुरुषसँग बस्न सक्छिन् । यसरी यहाँ आफ्नो मर्जीले पुरुष र महिला दुवैले कसैसँग पनि शारीरिक सम्बन्ध बनाउने अनुमति पाएका हुन्छन् । यसैकारण यो आइल्याण्डलाई ‘फ्रि लभ कम्युनिटी’ भनिन्छ ।

संसारभरिका जनजातिभन्दा अलगः
पपुआ न्यू गिनीको ‘मिलने’ खाडीमा बस्ने यो जनजातिको सङ्ख्या करिब १२ हजार छ । यहाँ अहिले पनि जनजातिको नै नियम चल्दछ । यो संसारभरिका अन्य जनजातिभन्दा निकै भिन्न छन् भन्न सकिन्छ । उनीहरूको जीवनयापन खेती–किसानी, पशुपालन र सिकारले चलेको छ । उनीहरूको भाषा पनि भिन्न छ । बाहिरी संसारका निकै कम मानिसले मात्र उनीहरूको भाषा बुझ्छन् । -एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *