१८ वर्षमुनिको साफ च्याम्पियसिप फुटबल खेल्न नेपाली टोली आज भुटान जाँदै

१८ वर्षमुनिको साफ च्याम्पियसिप फुटबल खेल्न नेपाली टोली आज भुटान जाँदैछ । भुटानमा असोज २ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन नेपाली टाली आज दिउँसो त्यस तर्फ जान लागेको हो ।

श्रीलंकाले नखेल्ने भएपछि प्रतियोगिताको ढाँचा परिवर्तन गरेर सबै टोलीले एकअर्कासँग खेल्ने र अंक तालिकाको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्ने बनाइएको छ । नेपालले पहिलो खेल ४ गते भुटानसँग, ६ गते माल्दिभ्ससँग, ९ गते बंगलादेशसँग र ११ गते भारतसँग खेल्दैछ । सन् २०१५ बाट सुरु भएको प्रतियोगिताको पहिलो आयोजना गरेको नेपालले उपाधि पनि जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *