बाराका २ उम्मेदवारसँग निर्वाचन आयोगद्धारा स्पष्टिकरण माग

बारा, भदौ ३० । निर्वाचन आयोगले बारा जिल्लाका दुई जना उम्मेदवारसँग २४ घण्टे स्पष्टिकरण माग गरेको छ । निर्वाचन आयोगले बाराको जीतपुर सिमरा उपमहा नगरपालिकामा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण पौडेल र पर्सौनी गाउँपालिकाको नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार विनोदप्रसाद जैसवाल सँग स्पष्टिकरण माग गरेको हो ।

प्रदेश नम्वर २ का ८ वटा जिल्लामा आयोगले गरेको अनुगमनको क्रममा निर्वाचन आचारसंहिता विपरीत चुनावीप्रचार प्रसार गरेको भन्दै २ जना उम्मेदवार सँग २४ घण्टाभित्र स्पष्टिकरण माग गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *