‘इच्छा छ मलाई ! दिऊ कि नदिऊ ?’

काठमाडौँ, भदौँ ३० । गायिका हुँदै नेतृको रूपमा कहलिएकी कोमल ओली र नायिका रेखा थापा दुवै दर्शकमाझ चिरपरिचित नाम हो । दुवै जना एकअर्काका असाध्यै मिल्ने साथी पनि हुन् । तर, हाल दुवै जना अलग अलग धारबाट राजनीतिलाई अघि बढाइरहेका छन् । ओली अध्यक्ष कमल थापा र रेखा बयोेबृद्ध पशुपति शम्शेर राणाको टिममा छन् । नायिका रेखा थापा आगामी कार्तिक २ गते प्रदर्शन हुन लागेको चलचित्र रुद्रप्रियको प्रदर्शनीमा दौडधुप गरिरहँदा कोमल ओली निर्वाचनका लागि दौडधुप गरिरहेकी छिन् ।

‘ओइ शिव ओइ मलाई चाहिएन पोइ, अब म बाँच्ने देशकै लागि हो ’गीतमार्फत दर्शकमाझ अलग्गै पहिचान बनाउन सफल चर्चित गायिका एवम् संचारकर्मीसमेत रहेका कोमल ओलीले अागामी प्रदेश सभा निर्वाचनमा गृह जिल्ला दाङको क्षेत्र नं ३ बाट चुनाव लड्ने इच्छा व्यक्त गरेकी छिन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले सबै दाङबासीहरुलाई आफू उम्मेदवार बनौ कि नबनौ भन्दै सल्लाह र सुझावसमेत मागेकी छिन् । ट्वीटमार्फत उनले भनेकी छिन्, ‘दाङको क्षेत्र नं ३ बाट सङ्घको निर्वाचनमा उम्मेदवारी दिने इच्छा छ मलाई ! दिउँकी नदिउँ ? मेरा शुभचिन्तक शुभेच्छुकहरुको सल्लाह र सुझाव चाहन्छु ।’

नेतृ ओलीले यस वर्षको तीजमा भने अब आफूलाई पोइ नचाहिएको र देशको सेवा गर्दै अघि बढ्ने भावनाको गीत पनि गाएकी थिइन् । नभन्दै उनले आगामी हुने प्रदेश सभाको निर्वाचनमा अरू ठुला साना पार्टीहरुसँग प्रतिसपर्धा गर्ने भएकी छिन् । राप्रपा पार्टीबाट दाङबाट उनीबाहेक अरू कोहीपनि निर्वाचनमा उठ्ने उम्मेदवार नभएपछि पार्टीले सजिलै टिकट दिएको बताइन्छ । तर, औपचारिक घोषणा हुन बाँकी नै छ । तर, ओलीलाई टिकटको कन्फर्म भए सँगै उनी जोडतोडका साथ निर्वाचनमा जुटिरहेकी छिन् । अरु तीन ठूला पार्टीसँग हारिन्छ भन्दा पनि निर्वाचनले सिकिन्छ भन्दै उनी कार्यकर्तासँग गफिने गरेका छन् । अहिले उनी निर्वाचका लागि दौडधुपमा व्यस्त छिन् ।

रेखाको छाड्ने बानी नराम्रो
रेडियो नेपालको जागिर छोडेर कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालमा रेखाभन्दा अगाडी भित्रिएका उनले कमल थापालाई नै साथ दिएर अघि बढिरहेकी छिन् भने आत्मीय साथी रेखा थापाले अध्यक्ष कमल थापालाई छाडेर अध्यक्ष पशुपति शम्शेर राणाको राप्रपा प्रजातान्त्रिकमा भित्रिएकी छिन् । उनी अहिले पार्टीमा भन्दा पनि लक्ष्मी पूजाका दिन प्रदर्शन हुने रुद्रप्रियकै प्रचार प्रसारमा लागेकी छिन् । उनलाई नजिकबाट चिन्नेहरुले रेखाले प्रदेश सभा निर्वाचन नलड्ने बताउँदै आएकाे बताउँछन् । आफ्नो मूल कर्म फिल्म क्षेत्र नै भएकाले तत्काल चुनावबारे कुनै धारणा सार्वजनिक गरेकी छैनन् ।

पूर्व पति छवि ओझालाई छाडेर हाल आमासँग बस्दै आएकी उनी दुई राप्रपाको अधिवेशनबाट कमल थापाले नेतृत्व गरेको पार्टीमा नाै महिना बसेर बाहिरिइन् । कमल थापासँग चित्त दुखाएका पशुपति शम्शेर राणाले थापाको चर्तिकला सहन नसकेर पार्टी मर्ज भएको नौँ महिनामै राप्रपा प्रजातान्त्रिक खोलेर रेखालाई स्वागत गरेका थिए । राणाले रेखासँगै ओलीलाई पनि पार्टीमा फूलमाला पहिर्याउँन खोजेपनि असफल भए । ओलीले राणा भन्दा थापाकै पार्टीमा बस्न फाइदा भन्दै राणाको प्रस्ताव इन्कार गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eight =