कोसी गाउँपालिकाका अध्यक्षद्वारा अधिकृतको कार्यकक्षमा तालाबन्दी

भरतराज शर्मा(गोपाल), धरान । सुनसरीको कोसी गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यकारी अधिकृत र लेखा अधिकृतले आफूखुशी गरेको गुनासो बढेपछि सुनसरीको कोसी गाउँपालिका कार्यालयको कार्यकारी अधिकृत र लेखा अधिकृतको कार्य कक्षमा तालाबन्दी गरेको छ ।

गाउँपालिकाका कार्यकारी अधिकृत सञ्जीव राणा र लेखा अधिकृत खडानन्द घिमिरेले कार्यकक्षमा मानोमानी गरेको भन्दै गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले तालाबन्दी गरेका हुन ।

कार्यकारी अधिकृत राणाले आफूखुशी काम गरेको, जनताको काम नगरेको र अनियमितता गरेको, कतै जाँदा आफूलाई कुनै जानकारी नदिइ लुकीछिपी जाने गरेको, जनप्रतिनिधि आउनु भन्दा अगाडि आएको ५२ लाखको कुनै हरहिसाब नदेखाएका कारण उनीहरूको कार्यकक्षमा आफैले तालाबन्दी गर्नुपरेको अध्यक्ष अन्सारीले बताए ।

उनले काम चोर कर्मचारी र हिसाब समेत नदेखाउने भ्रष्ट मानसिकताका कर्मचारीलाई कार्यालयमा बस्ने नैतिक आधार नभएकाले उनीहरूलाई कार्यालयबाट बाहिर निकालेर तालाबन्दी गरेको बताए । कर्मचारीले सामान्य मापदण्ड समेत पालना नगरेको र जननिर्वाचित अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष आएको दुई महिना बित्दा समेत आफ्नो कार्यक्रम र योजना नदेखाएको तथा परिषदले समेत कुनै चासो नराखेको आरोप लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *