भ्रष्टचारी गोपाल खड्काको कारबाही फाइल गायब, आपूर्ति सचिव छट्पटाउँदै

काठमाडौँ, भदौँ २९ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्कालाई कारबाहीका लागि पठाइएको फाइल हराएपछि आपूर्ति सचिव कृष्णप्रसाद देवकोटा तनावमा छन् । फाइल बुझाउन शाखा अधिकृतलाई अह्राएका थिए तर बिच बाटोबाटै कारबहीको फाइल हराएपछि उनी अहिले छट्पटाइरहेका छन् । तर फाइल मुख्य सचिवको सचिवालयबाटै गायव भएको उनले अनुमान लगाउन थालेका छन् ।

‘ए ! यस्ता राष्ट्र खोक्रो पार्नेलाई त्यत्तिकै छाडिन्छ ।’भन्दै आपुर्तिमन्त्री शिवकुमार मण्डलले आयल निगमका भ्रष्ट कार्यकारी निर्देशक खड्का मुख्य द्वोषी ठहर भएको र कारबाहीका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको बताएको पर्सिपल्टै कारबाहीको फाइल हराएको हो । दरबारमार्गका व्यापारीलाई आफ्नो शक्ति देखाएका मन्त्री मण्डलले खड्कालाई त्यसरी नै कारबाही गर्न चाहिँ प्रक्रिया र पद्धतिमा चल्नुपर्ने बताउँदै आएका छन् । तीन दिन अघि मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीको टेबलुमा पुग्न नसकेको कारबाहीको फाइल सिंहदरवारबाट सिंहदरवारमै पठाएको फाइल बिच बाटोमै गायव भएपछि हल्लीखल्ली मच्चिएको छ । यससँगै सबैभन्दा बढी तनाव खेपिरहेका छन् आपूर्ति सचिव देवकोटा टाउँकोमा हात राखेर एकोरिएन थालेका छन् ।

यसरी सिंहदरबारको आपुर्तिमन्त्रालयबाट प्रधानमन्त्रीको कार्यालय ट्रान्सफर गर्दा बिच बाटोमै हराएपछि उनले लख काटेको स्रोत बताउँछ,‘यो फाइल मुख्यसचिवले नै गायब पारेका छन् । नत्र अरूको कसैको यस्तो आँट नै हुँदैन ।’ कारबाही फाइल तीन दिनदेखि प्रधानमन्त्री कार्यालय पठाउन कसरत थालिएपनि फाइल बिच बाटोबाटै गायब भएपछि फाइल त कारबाही प्रक्रिया नै अलपत्रमा परेको बताइन्छ । तर, उता प्रधानमन्त्री शेरबहादुर देउवाले‘खै ! कारबाहीको फाइल त आइपुगेन त । कता हरायो ।’ भन्दै चाँडो भन्दा चाँडो कार्यकारी निर्देशक खड्कालाई कारबाहीको प्रस्ताव ल्याउन मुख्यसचिव क्षेत्रीलाई निर्देशन दिएपनि देउवासमक्ष त्यो फाइल पुग्न नसकेको स्रोत बताउँछ । तर, प्रधानमन्त्री देउवासामू कारबाही फाइल हराएको भन्ने सुइको दिइएको छैन ।

यसरी सिंहदरबारभित्रै कारबाही फाइल हराएपछि आपूर्ति मन्त्रलायले पनि खोजतलासका लागि कुनै पहलकदमी नगरेको समेत स्रोत बताउँछ । मन्त्रालयले तीन दिनअघि नै फाइल प्रधानमन्त्री पठाइसकेको जानकारी दिएको थियो । तर, प्रधानमन्त्री कार्यालयले फाइल ‘खै फाइल’ भन्दै तारको तार आपूर्ति मन्त्रालयसँग सोधखोज गर्न थालेको छ । तर, आपूर्तिले कुनै जवाफ दिन सकेको छैन । ‘हामीले यहाँबाट आदेश दिइसकेका छौँ । बाटोमा आउँदै छ ।’ भन्दै फोन राख्ने गरेको स्रोतले बतायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *