साठी लाखको भ्याकुल लोडरमा अज्ञात व्यक्तिद्वारा आगजनी

गौशाला, २९ भदौ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–२ स्थित हङकङ डाँडास्थित गोपाल खड्काले सञ्चालन गरेको कङ्क्रिट उद्योगमा रहेको रु ६० लाखको भ्याकुल लोडरमा गएराति अज्ञात व्यक्तिले आगजनी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति करिब ११ बजे अज्ञात समूहले सो कङ्क्रिट उद्योगमा गएर त्यहाँ रहेका ६० लाख मूल्य पर्ने भ्याकुल लोडरमा आगजनी गरी पूर्णरुपमा क्षतिग्रस्त बनाएका हुन् ।

प्रहरीको टोलीले घटनाबारे अनुसन्धान थालिसकेको तथा आगजनी गर्नेहरुको व्यापक रूपमा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *