एक जना सांसदको भरमा जनता चल्नुपर्ने,आयो ७९ र ४८ का कुरा !

काठमाडौँ, भदौँ २८ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुन झन्डै तीन महिना बाँकी छ । अहिले यी दुई तहको निर्वाचनभन्दा पनि सबै दलहरूको नजर आगामी असोज २ मा हुने दुई नम्बर प्रदेशमा तेस्रो चरणको चुनावमै छ । तराईकेन्द्रित दल र मुख्य तीन दलबीचमा २ नम्बरमा को प्रथम हुने ? मूल टार्गेट यही  छ । प्रथम हुनकै लागि सबै दलका शीर्ष नेताहरू चुनावी अभियानमा तराईतिर सकी नसकि प्रचार प्रसारमा दगुरिरहेका छन् । यसरी दुई नम्बर प्रदेशमा कसले बाजी मार्ला ? त्यो हेर्न बाँकी रहेको बेला यता, नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया अघि बढिसकेको छ । अब,नयाँ राष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसदका ३३४ र प्रदेश सभाका ५५० सांसदहरुले मतदान गर्दैछन् ।

तर,केन्द्र र प्रदेशका सांसदले दिएको मतभार भने बराबरी हुने छैनन्। अहिले यस विषयमा छलफल चलिरहेको छ भने सरकारले संसद्मा यो विद्येयक पठाइसकेको अवस्था भने छैन । यसरी सरकारले पठाउन लागेको सो विद्येयकमा दुई तहका सांसदहरुको मतभार कति हुन्छ ? त्यो चाहिँँ निर्धारण गरिसकिएको बताइन्छ ।

राष्ट्रपति र उप–राष्ट्रपतिको चयन यसरी हुँदैछ ? 

नयाँ राष्ट्रपति तथा उप–राष्ट्रपति चयनका लागि संसद्मा पठाउन लागिएको विद्येयकमा एक जना सङ्घीय संसद्को एक मतलाई ७९ र प्रदेश संसद्को एक जना संसद्को ४८ मतका रूपमा गणना गरिदैछ । कानुन मन्त्रालयले संसद्मा पठाउनका लागि तयार गर्दै गरेकोे उक्त विधेयकको मस्यौदामा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कुल मत ५२ हजार ७ सय ८६ निर्धारण गरिएको छ । देशको कुल जनसङ्ख्यालाई प्रदेश संसद् र सङ्घीय संसदबाट निर्वाचित भएका कुल सांसदहरुको सङ्ख्याले भाग गरेर राष्ट्रपति तथा उप–राष्ट्रपतिको निर्वाचनका लागि मतदान गरिँदैछ ।

नयाँ संविधानमा प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ सदस्य गरी कुल ३३४ सङ्घीय संसदका सदस्य रहने व्यवस्था छ । यसरी सङ्घतर्फका प्रतिसांसद ७९ मतले हिसाब गर्दा केन्द्रीय संसदबाट राष्ट्रपति वा उपराष्ट्रपतिलाई कुल मत २६ हजार ३ सय ८६ हुन्छ । त्यस्तै प्रदेश सभाका ५५० सदस्यको मतभार ४८ ले कुल सदस्य सङ्ख्या ५५० गुणन गर्दा २६ हजार ४ सय हुन आउँछ । केन्द्र र प्रदेशतर्फको दुवै जोड्दा ५२ हजार ७ सय ८६ मत हुन आउँछ । यही मत नै नयाँ राष्ट्रपति तथा उप–राष्ट्रपति चयनका लागि गणना गरिने व्यवस्था रहेको छ ।

यसरी एक जना सङ्घ र प्रदेशका सांसदको मतभारले सिंगो जनसङ्ख्याको प्रतिनिधित्व गर्ने भएको छ । जस्तै:  ०६८ सालको जनगणनाअनुसार नेपालको जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको छ । यसै जनसङ्ख्यालाई आधार मानेर अब राष्ट्रपति र उप–राष्ट्रपति चयन हुने भएको छ । यसरी मुलुकमा रहेको कुल जनसङ्ख्यालाई दुवै तर्फको सांसदहरुको सङ्ख्याले भाग गरेर फेरी एक हजार भाग गर्दा ७९ र ४८ मतभार निकालिएको विधेयकका मस्यौदाकारहरुले बताएका छन् ।


२५ जना प्रस्तावक र समर्थक

यसरी सङ्घीय संसद्को हिसाब निकाल्दा एक जना सांसदको भागमा ७९ हजार जनसङ्ख्या पर्न आउँछ भने प्रदेश सभा संसद्को हिसाबमा एक जना संसद्को भागमा ४८ हजार जनसङ्ख्या पर्न आउँछ । यसै मतभारलाई आधार मानेर ७९ र ४८ मतभार निकालिएको हो । यससँगै अब नयाँ राष्ट्रपति र उप–राष्ट्रपति चयनका लागि २५÷२५ जना प्रस्तावक र समर्थक चाहिने व्यवस्था समेत गरिएको छ । जुन व्यवस्थाले ५० जना भन्दा कम सांसद भएका पार्टी वा व्यक्तिले राष्ट्रपति वा उपराष्ट्रपतिको उम्मेदवार बन्न समस्या देखिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 12 =