गीतकार बज्राचार्यको निधन
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ २८ । गीतकार देव बज्राचार्यको निधन भएको छ । काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा उहाँको आज बिहान निधन भएको हो । ६४ वर्षका बज्राचार्यको प्रोस्टेट ग्रन्थ्रीको शल्यक्रिया गरिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि उहाँ गत सोमबार अस्पताल भर्ना हुनुभएको थियो । काठमाडौं ओमबहालमा जन्मनु भएकाका बज्राचार्यको रचनामा अरुणा लामा, मिरा राणा, मधु क्षेत्री लगायत कलाकारले स्वर तथा संगीत दिनु भएको छ ।
एक्लै बस्दा सधै मलाई सम्झना तिम्रो आइदिन्छ, प्रिय तिम्रो मुहारमा हासो मैले कहिले देखिन, मेरो आँखाबाट झरेको आँशु, लगायतका उहाँका लोकप्रिय गीत हुन् । बज्राचार्यको श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








