पाकिस्तानमा लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेट, पाकिस्तानसँग विश्व-११ पराजित

काठमाडौं, भदौ २८ । लामो समयको अन्तरालमा पाकिस्तानमा खेलिएको अन्तर्राष्ट्रिय क्रिकेट खेलमा घरेलु टोली विजयी भएको छ ।

लाहोरमा मंगलबार राति भएको ट्वेन्टी ट्वेन्टी खेलमा पाकिस्तानले विश्व–एघारलाई २० रनले पराजित गर्‍यो ।

खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९७ रन बनायो ।

पाकिस्तानका लागि बाबर आजमले ५२ बलमा ८६ रन जोड्दा मोहोमद शेहजादले ३९ रन तथा शोएब मलिकले ३८ रन जोडे ।

जवाफमा १ सय ९८ रनको लक्ष्य पछ्याएको विश्व–एघारले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन मात्रै बनाउन सक्यो ।

विश्व–एघारका लागि फाफ डु प्लेसीस र ड्यारेन सामीले समान २९ रन जोड्दा हसिम अमलाले २६ रनको योगदान दिए ।

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्काउने उद्देश्यले खेलिएको यो खेलका लागि विश्वका थुपै्र राष्ट्रका खेलाडी मिलाएर विश्व–एघार टिम बनाइएको हो ।

टिमले पाकिस्तानमा रहँदा तीन वटा ट्वेन्टी ट्वेन्टी म्याच खेल्नेछ ।

सन् २००९ को मार्चमा श्रीलंकाको राष्ट्रिय क्रिकेट टोली सवार बसमाथि लाहोरमा आतंकवादी आक्रमण भएयता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले पाकिस्तानमा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गराएको छैन ।

पाकिस्तानसँगका टेष्ट, एक दिवसिय र ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलसमेत युएईलगायतका तेस्रो मुलुकमा आयोजना हुँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *