सुनको मूल्यमा ३०० ले गिरावट
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ २७ । मंगलबार सुनको भाउमा गिरावट आयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुन तोलामा ३०० रुपैयाँले झरेर तोलाको ५६ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुन तोलाको ५७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
मंगलबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १३ सय ३० डलर हाराहारीमा कारोबार भएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








