संसद कात्तिक ४ गते स्वत विघटन हुने

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ २७ । रुपान्तरित व्यवस्थापिका संसद कात्तिक ४ गते स्वत विघटन हुने भएको छ । प्रदेश र केन्द्रको चुनावको कार्यतालिका सार्वजनिक भएपछि संसद विघटन गर्न लागिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको महासभामा जानुअघि संसद विघठन गरेर जाने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
धारा २९६ अनुसार संविधानसभा संविधान जारीपछि स्वतः व्यवस्थापिका संसदमा रुपान्तरण हुने र तर त्यसको आयु २०७४ साल माघ ७ गतेसम्म कायम रहनेछ । कात्तिक ५ गते आयोगले पहिलो चरणको चुनावका लागि मनोनयन गर्ने मिति तोकेसँगै रुपान्तरित संसदको आयु ४ सकिने सकिन लागेको हो ।
प्रत्यक्षतर्फ मंसिर १० गते हुने पहिलो चरणको चुनावका लागि कात्तिक ५ गते दोस्रो चरणमा मंसिर २१ गते हुने चुनावका लागि कात्तिक १६ गते मनोनय दर्ता हुने आयोगले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित