दशैंको टिकट बुकिङ आजदेखि खुल्ने

काठमाडौं, भदौ २७ । यसवर्षको दशैंको टिकट बुकिङ आजदेखि खुल्दैछ । यसअघि सरकारले भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरेपनि विभिन्न माग राख्दै व्यवसायीले बुकिङ खोल्न मानेका थिएनन् ।

यातायातमन्त्री वीरबहादुर बलायरको उपस्थितीमा गएको २४ गते भएको सरोकारवालाहरुको बैठकमा यातायात व्यवसायी अग्रीम टिकट बुकिङ खोल्न सहमत भएका हुन् । व्यक्तिगत बाहेकका अन्य सामान ओसारपसार गर्न नपाइने र गरे कारवाही गरिने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिनुभयो ।

सवारी सञ्चालनको लागि सरकारसँग सडकमा रहेका खाल्डाखुल्डी पुर्न, ट्राफिक जामको व्यवस्थापन गर्न माग गरिएको नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *