गोर्खाल्याण्ड आन्दोलनको निकास खोज्न आज वार्ता

काठमाडौं, भदौ २७ । गोर्खाल्यान्ड माग गर्दै आन्दोलनरत दल र पश्चिम बंगाल सरकारबीच मंगलबार (आज) वार्ता हुँदैछ ।

मुख्यमन्त्री ममता बेनर्जीको आह्वानमा सिलिगुडीको उत्तरकन्यामा वार्ता हुन लागेको हो । वार्तामा सहभागी हुन मुख्यमन्त्री बेनर्जी सोमबारै सिलिगुडी आइपुगेकी छन् ।

दुई साता अघि कोलकातामा भएको छलफलपछि आन्दोलनकारी दल गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)बीच अन्तरकलह सुरु भएको थियो । बन्द जारी राख्ने वा खुलाउने भन्नेमा गोजमुमो अध्यक्ष विमल गुरुङ पक्ष र सहसचिव विनय तामाङबीच मतभेद भएको हो ।

सिलिगुडी वार्तामा यी दुबै गुटका नेताहरुसहित गोरखा राष्ट्रिय मुक्ति मोर्चा, जनआन्दोलन पार्टी र हिल तृणमुल सहभागी बन्ने पक्का भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *