निर्वाचन हुने आठ जिल्लामा पाँच दिन सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, भदौ २६ ।  आगामी असोज २ गते तराई मधेशका आठ जिल्लामा हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले पाँच दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार सिंहदरवारमा बसेको बैठकले तेस्रो चरणको निर्वाचनका लागि पाँच दिन विदा दिने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको आर्थिक सल्लाहकारमा पूर्व परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले पूर्व परराष्ट्रसचिव तथा संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि आचार्यलाई आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले भुकम्पपछिको पुननिर्माणका लागि बिश्व बैंकले संयुक्त दाता कोषमा उपलब्ध गराउने एक अर्व पाँच करोड अनुदान स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ । बैठकले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन व्यवस्था गर्न बनेको बिधेयकलाई व्यवस्थापिका संसदमा पेश गर्ने निर्णय गरेको छ ।

बिदेशमा रहेका नेपाली नागरिकता लिइ नसकेका सन्ततीका लागि बढीमा चार बर्षका लागि राहदानी जारी गर्ने निर्णय पनि बैठकले गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । मन्त्री बस्नेतका अनुसार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा नरेन्द्रराज बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । सहरी विकास मन्त्रालयको सिफारिसमा उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *