अफगानिस्तानमा तालिबान कमाण्डरसहित १२ लडाकू मारिए

अफगानिस्तान, २५ भदौ । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा पर्ने क्वाला ए जाल जिल्लामा आइतबार एक जना तालिबान कमाण्डरसहित १२ जना तालिबान लडाकू मारिएका छन् ।

“सुरक्षा फौजले तालिबानलाई हटाउन क्वाला ए जाल जिल्लाको घुसी गाँउमा आइतबार बिहानै कारबाही गरेको थियो, सो कारबाहीमा परी तालिबानका एक जना कुख्यात कमाण्डर मावलावी इस्माइल सहितचार जनाको घटनास्थलमै मृत्यु भएको छ,” जिल्ला गभर्नर अब्दुल मोमीनले सिन्ह्वालाई भन्नुभयो ।

भिडन्तका क्रममा अरू दुई जना लडाकू घाइते भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । घटनाका बारेमा तालिवान लडाकूको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

उक्त प्रान्तमा तालिबान लुकेर बसेको सूचनाको आधारमा सेनाले कारबाही थालेको थियो । सो कारबाही अहिले पनि जारी रहेको छ ।

त्यसै गरी दक्षिणी हेल्मन्ड प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अरू सात जना घाइते भएका छन् ।

“गत चौबिस घण्टामा अफगानिस्तानको सुरक्षा फौजले साङगीन, नाहरी, सार्राज, गर्मसेर र वाशेर जिल्लामा गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ५ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्,” सरकारद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिका अनुसार सोही अवधिमा अरू तीन जना याख्चाल क्षेत्रमा मारिएका छन् भने चार जना घाइते भएका छन् । हेल्मड प्रान्तमा तालिबानको दह्रो प्रभाव बढ्दै गएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *