सेञ्चुरी बैंकका सञ्चालकहरुले झगडा गर्न थालेपछि सिइओ तिमिल्सिनाको राजिनामा

काठमाडौँ, भदौँ २५ । सेञ्चुरी बैङ्कमा संचालकबीच मनमुटाब सुरु भएपछि सेञ्चुरी बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुजमणि तिमिल्सिनाले राजीनामा दिने भएका छन् । राजीनामासँगै उनी कुमारी बैङ्क जाने निर्णय गरेका छन् । नायव प्रमुख कार्यकारीका रूपमा कुमारी बैङ्क जान लागेका हुन् ।

केही समयभित्र नै उनी सेञ्चुरी बैङ्कबाट राजीनामा दिएर कुमारी बैङ्कमा जाँदै छन् । अहिले उनको राजीनामा प्रक्रियाहरू भइरहेको बताइएको छ । कान्छो वाणिज्य बैङ्क सेञ्चुरीमा संचालकबीचको विवादले विकराल रूप लिएको छ । बैङ्क सञ्चालनदेखि नै संचालबीच विवाद उब्जिएको थियो तर अहिले आएर त्यो विवादले विकराल रूप लिएसँगै आफूले यहाँ बस्न उपयुक्त नभएको बताउँदै तिमिल्सिनाले राजीनामा दिन लागेका हुन् । उनी भन्छन्,‘बैङ्कमा सञ्चालक समितिमा दुर्इ खेमा छन् । दुवैबीचमा खिचातानी बढ्दो छ । यसकारण पनि कुनै पनि काम अघि बढ्न सकेको छैन ।’ यसरी द्विपक्षिय भिडन्त परेसँगै कर्मचारीबीच पनि द्वन्द्व सिर्जना भएसँगै आफूलाई यहाँ बस्न उत्तम नलागको बताउँछन् ।

स्रोतका अनुसार तिमिल्सिनाको पक्षमा बैङ्कका अध्यक्ष राजेशकुमार श्रेष्ठ, लक्ष्मणकुमार श्रेष्ठ र अभिषेक बजाचार्य थिए भने विपक्षमा उमाकुमारी श्रेष्ठ, महेशकुमार अग्रवाल, सुनिलकुमार न्यौपाने र राजेशराज दली थिए। यसअघि द्विपक्षिय विवादकै कारण बैङ्कका सहायक महाप्रवन्धक मनिष तिमिल्सिनाले पनि केही समय अगाडि राजीनामा दिएर सदाका लागि सेञ्चुरीबाट बाहिरिएका छन् । स्रोतले बताएअनुसार डेपुटी प्रमुख कार्यकारी अधिकृत जीवन भट्टरार्इ र तिमिल्सिनाबीच मुख्य विवाद थियो।यसरी सञ्चालक समितिभित्रको उग्र विववादका कारण तिमिल्सिनाले ल्याएका व्यावसायिक प्रस्ताव बोर्डबाट अस्वीरकृत भएपछि काम गर्न सकेका थिएनन् ।

तिमिल्सिनाले कुनै ठुलो व्यवसाय ल्याउँदा सञ्चालक लगायत व्यवस्थापन समूहबाट असमर्थन हुँदै आएको थियो । अहिले तिमिल्सिनाले राजीनामा दिएपछि नयाँ सिइओको समेत खोजी भइरहेको स्रोतले बतायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *