बिभिन्न पत्रपत्रिकामा छापिएका आजका सम्पादकीय यस्ता छन्

काठमाडौं, भदौ २५ । गालीगलौज होईन, अजेन्डा बताउ : नागरिक दैनिक

प्रमुख राजनीतिक दलले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनलाई जेजसरी आ—आफ्नो प्रतिष्ठासंगै जोड्दै प्रचारमा लागेका छन्, त्यसक्रममा एकअर्काप्रति

गालीगलौजको तहमा उत्रिने काम गरिरहेका छन्, जुन राजीतिक दल र तिनका नेताको लागि सुहाउने विषय होईन ।

अझ उदेकलाग्दो विषय त के छ भने विपक्षीमाथि प्रहार गर्ने कार्य स्थानीय नेता तथा कार्यकर्ताभन्दा पन शीर्ष नेतृत्वबाटै बढी भएको छ ।

राजनीतिक दलको चुनावी प्रचार हेर्दा लाग्छ, उनीहरुसंग अजेण्डाको खडेरी छ ।

त्यसैले त चुनाव प्रचार प्रसारका क्रममा राजनीतिक दलहका शीर्ष नेताले आफ्नो पार्टीको अजेण्डा, नीति र कार्यक्रम बताउँदैनन् बरु प्रतिस्पर्धा दलहरुप्रति कटाकक्षमात्रै गर्छन् ।

फोहोर ब्यवस्थापनको प्रश्न : गोरखापत्र दैनिक

अहिले काठमाडों, ललितपुर लगायत कीर्तिपुर नगरक्षेत्रका सडक किनार र खाली जग्गामा स्थानीयले फालेको फोहोर भरिभराउ छ ।
उपत्यकाभित्र बेलबखत यसरी जथाभावी फोहोर फालिएको देखिदै आएको छ ।

संयोग, उपत्यकामा फोहोरको समस्या नेपालीको महान चाड दशै नजिकिँदै गर्दा सतहमा देखिन्छ ।

कतिपयले यसप्रकार देखिने फोहोर समस्यालाई रानजीतिसंगै आर्थिक लाभ प्राप्तिको हिसावले पनि हेर्छन् ।  यसपटक पनि दशै तिहार नजिकिदै गरेको अहिलेको अवथामा जहीतहिँ फोहोरको दुर्गन्धले सबैलाई सास्ती दिईरहेको छ ।

निर्वाचन आयोगको निष्पक्षता  : कान्तिपुर दैनिक

स्वतन्त्र संवैधानिक निकायका रुपमा रहेको निर्वाचन आयोगले त्यही हैसियतमा कार्यसम्पदान गर्न सकेको देखिँदैन ।

निर्वाचन सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने भुमिका रहेको आयोगलाई सरकारले चुनावको मिति तोक्ने अधिकार नदिदै आफैले लिएको त छ नै, आयोगका
निर्ण फेरबदलमा पनि सरकार हामी हुँदै गएको छ । यसले गर्दा आयोग कार्यपालिकाकै अंगजस्तो बन्दै गएको देखिन्छ ।

लोकतन्त्रको जग मानिने निर्वाचनको निष्पक्षतासंग प्रत्यक्ष जोडिएको आयोगको कार्यसम्पादनमा स्वतन्त्र हैसियत गुम्नु चिन्ताको विषय हो ।

फोहोरको थुप्रोमाथि स्मार्ट सिटी : नयाँ पत्रिका 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरिया भ्रमणमा छन् ।

ललितपुरका मेयर पनि भर्खर जापाको भ्रमण सकेर कोरियातिरै जाँदै छन् ।

उनीहरुले भ्रमाका लागि एउटा गजवबको सहर रोँजेका छन् ।
दक्षिण कोरियाको एउटा स्मार्ट सिटीलई ।

यता यसपटकको स्थानीय तहको निवार्चनका वेला देशमा स्मार्ट सहर, स्मार्ट टोल, स्मार्ट गाउँको खबु प्रयोग भएको थियो ।

कोहि पहिले समाकाजि जीवनमा कुनै खास योगदान पनि नगरेको ता कुने प्रमाणित परिणाममुखी काम गरेको विगत नरकेो तथा सामान्य शैक्षिक योग्यता र ज्ञानविज्ञान प्रविधिबारे त्यति मेलोभाँती नभएको मान्छे उपमयेर प्रमुख उपप्रमुख वडाध्यक्ष या सदस्यका उम्मेदवार घोषित हुनासा स्वचालित रुपमा उसको मुखबाट निस्किहाल्थ्यो ।
पर्यटकदेखि राजधानीवासीसम्म सबैको एउर्ट प्रश्न छ मयेर सावहरु स्मार्ट सिटीको सपना हामी पनि देख्दै गरौँला, तर यो फोहोर उठ्नेचाहिँ कहिले ?

निराशाजनक सय दिन : अन्नपुर्ण पोष्ट 

चुनावका बेला नेताले जनतालाई अनेक सपना बाँड्छन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि नगरवासीलाई सपना देखाएर प्रमुखको कुर्सी हात पारे । मेयरको शपथ गर्दै गर्दा ‘एक सय एक’ वाचा गरेका उनी कार्यभार सम्हालेको सय दिन पुग्दा अत्यन्त निरीह देखिए । र, उनैले वाचाअनुसार काम गर्न नसकेको स्विकारे ।

भनिन्छ, दिउँसोको संकेत बिहानीले गर्छ । मेयर विद्यासुन्दरका हकमा आसलाग्दो बिहानी देखिएको छैन र दिउँसो सुखद हुने संकेत पनि मिलेको छैन । स्कुले विद्यार्थी घर फर्कंदा खाल्डोमा डुब्नुपर्ने नियति बोकेको महानगर नयाँ नेतृत्व पाएसँगै चोला फेरिनेमा विश्वस्त थियो । तर, सयदिने कार्यकालले त्यसलाई निराशामा परिणत गरिदियो ।

महानगरले सय दिनमा प्रत्येक वडा कार्यालयमा सीसीटीभी जडान गरेको विषयलाई उपलब्धिका रूपमा व्याख्या गरेको छ । सय दिनमा महानगर नेतृत्व मूलतः जनप्रतिनिधिका सेवा, सुविधा एवं कार्यालयको भौतिक पूर्वाधारकै विषयमा अलमलिएको देखिन्छ ।

निर्वाचित पदाधिकारीहरूको पहिलो बैठकले जनप्रतिनिधिका लागि ‘मोबाइल किन्ने’ जुन निर्णय गर्‍यो, त्यस्तो सस्तोलोकप्रियताको सबैतिरबाट विरोध भयो । ‘बर्खामा खाल्डा पुर्दा महानगरको खर्च मात्र हुने’ भन्ने प्रतिक्रिया दिनु, वडाध्यक्षहरूसँग सल्लाह नगरी महानगर कर्मचारी सरुवा गर्नु र महानगरका महत्वपूर्ण काम छाडेर आफ्ना नेताको चाकडीमा दौडिएको विषयले मेयर विवादमा तानिए ।

धुलोहिलो, तारको जालो, अव्यवस्थित पार्किङ, असहज यातायातलगायत भौतिक पूर्वाधारलगायत सहरी समस्यालाई समाधानको विषयमा अहोरात्र खटिन छाडेर उही सनातनी भाषण, भ्रमण र उद्घाटनमा समय खर्चिने हो भने जसरी सय दिन बिते उसैगरी बाँकी सत्र सय दिन सकिनेछन् । यसर्थ, महानगर नेतृत्वसँग विद्यमान प्रतिकूलता चिर्दै काठमाडौंलाई सुन्दर र स्मार्ट सिटी बनाउनेतिर अर्जुनदृष्टि लगाउनुको विकल्प छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *