पशुपति,स्वयम्भू र थापाथलीका बाँदरमा एचआइभी हैन ‘लुतो’छ

केही महिना अगाडि प्रकाशित समाचारअनुसार युनिभर्सिटी अफ क्यालिफोर्निया विश्वविद्यालय र नेपाल सिएमडिएन संस्थाले गरेको अनुसन्धानमा पशुपति, थापाथली र स्वयम्भूका बाँदरमा सर्न सक्ने क्यान्सर र एड्स भाइरस पत्ता लागेको जनाइएको थियो । अनुसन्धानमा मान्छेमा लाग्ने एचआइभीजस्तै बाँदरमा लाग्ने एसआइभी भाइरसका संक्रमण बाँदरमा व्यापक मात्रामा रहेको बताइएको थियो । साथै यो भाइरस मानिसमा सर्न सक्ने सम्भावना बढी भएकाले सचेत रहन सुझावसमेत दिइएको थियो । त्यसरी पशुपति क्षेत्र र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्सको संक्रमण भएको जनाइएसँगै आज भोली पनि बाँदरदेखि सर्वसाधारण सचेत रहन बाध्य छन् । तर पशुपति क्षेत्रमा बिहान सधैँ बाँदरलाई खानेकुरा बाढी राखेका श्यामकुमार भट्टराईलाई भने त्यसको कुनै चिन्ता छैन । उनी ‘भोले ! आओ आओ, एक–एक पिस खाओ ।’ भन्दै चिच्याउदै बाँदरहरुलाई खानेकुरा दिइरहेका हुन्छन् । खानेकुरा खानको लागि बाँदरहरु उनको टाउको, काधमा चढ्छन र हातमा झुण्डिएर खानेकुरा खोसा खोस गरि राखेका हुन्छन् । बाँदरलाई लागेको रोगबारे जानकार उनी बाँदरले हात टोकि दिए भन्दै चिथोरिएको हात देखाउछन् । प्रायः बोली नै पिच्छे उखान टुक्का जोडेर बोल्ने उनै भट्टराईको बाँदर सँगको दैनिकी र उनीहरूलाई लागेको रोगबारे यसरी खुल्छन् :

नत्र युद्ध नै…..
पशुपतिका बाँदरलाई सधैँ म बिहान ६ः३० देखि ७ः३० सम्म खानेकुरा बाड्छु । बाँदरलाई ‘आओ’ भनेर बोलाएपछि सबै आउछन् । यिनीहरूको चार ग्रुप छन् । पहिला एयरपोर्टतिरका बाँदर र तिलगंगातिर रहेको राममन्दिर नेर आउछन् । त्यसपछि आरतीगर्ने ठाउँमा तीन ग्रुप गुहेश्वरी, मृगस्थली, किरातेश्वरका आउछन् । तिनीहरूलाई अलगअलग दिनुपर्छ, नत्र उनीहरूको युद्ध नै गर्छन्,आपसमा टोकाटोक गर्छन् । उनीहरू आ–आफ्नो ग्रुप लिएर बस्छन् । ती सबलाई दिइसकेपछि पशुपति मन्दिर अगाडि छुटफुटवालालाई दिएर जय वागेश्वरी मान्दिर जान्छु । जयवागेश्वरी गइन भने केही बाँदर मलाई बिहान ११ बजेसम्म कुरेर बस्छन् । तिनीहरू नातीभन्दापनि बढी प्यारो छन् । यहाँको बाँदरलाई खुवाएर त्यहीँ लुगामा स्वयम्भू गयो भने त्यहाँका बाँदरहरु मलाई झम्टिन्छन् । मलाई दुई÷चार चोटि त्यस्तो भएको छ । त्यसरी त्यहाँका बाँदरले यहाँको बाँदरलाई खुवाएको थाहा पाउँदा रहेछन् । लुगामा भएको गन्धले नै थाहाहुँदो रहेछ उनीहरूलाई ।

दैनिक एक सय ५०केजी पिठो
एक जना माडवाडीले पिठो दिएर बाँदरहरुको लागि खाना बनाउने हो । एक दिनमा एक सय ५० केजीभन्दा बढी पिठोको डल्ला बनाइन्छ । बेलुका राम्रो पानी, गहुँको पिठोलाई पकाएर डल्लो बनाउने र बिहान बाड्ने हो । यो हामीले खाएपनि हुन्छ, एकदम सफा छ । बाँदरले सुघेँर खान्छ । मिठो भए खान्छ नभए फालिदिन्छ । बरु कुकुरले खालाबाँदरले सडे–गलेको खाँदैन, बाँदरले त्यस्ता खानेकुरा थाहा पाइहाल्छ । अरूले बाँदरलाई यो पिठोको डल्ला बाडेको तलब लिन्छन् तर मलाई बाँदरको सेवा गर्न मन परेकाले तलब नलिई निःशुल्क बाड्छु । बाँदरलाई खानेकुरा बाड्ने बानी लागेकाले म कहिले काहीँदुई÷चार दिन काठमाडौँ बाहिर गएर आएको दिन दिउँसो यसो पशुपतितिर हेर्न गयो भने किन आइनस ? भनेर बाँदरले घेरेर टाउकामा काँधमा चढ्छन अनिलुगा, झोला तानेर धुमधाम गर्छन् । र, कहिले काहिँ त साथमा पैसा नभएको दिन उधारो किनेर भए पनि उनीहरूलाई खानेकुरा बाड्नु पर्छ ।

एचआइभी होइन लुतो चाहिँ छ
बाँदरलाई एचआइभी केहीलागेको होइन । यी सबै फन्टुस कुरा हुन् । बाँदर, परेवा, साँढे मास्न खोजेका छन् अनि विभिन्न रोगको दोष देखाउछन् । बागमतीको पानी सफा नहुनाले बाँदर त्यहाँ नुहाउछन्, त्यसैले बाँदरलाई लुतो चाहिँ छ । बाँदरलाई खतरा रोग छ भनेर अहिलेका मान्छेले झुठा बोलेका हुन् । यहाँ जसले जे भने पनि कानुन छैन । बाँदर आफ्नै संसारमा बाच्छन् । बाँदरहरु त राम राज्य हो । बाँदरलाई घाउ भयो भने कोट्याएरै ठिक पार्छन, कुकुरले चाटेर निको पारे जस्तै । म उनीहरूको साथी जस्तै भएको छु, मलाई टोक्छन्, चिर्थोछन मतलबै लाग्दैन । पशुपतिको बाँदर, परेवा, साँढे मासेर हामीले के गर्ने ? बाँदरलाई नजिस्काए कसैलाई केहिँ गर्दैन । हाम्रो छोराछोरी, स्वास्नी कसैलाई चलायो भने रिसउठ्दैन ? हो, त्यस्तै हुन्छ यिनीहरूलाई पनि, एकजनाबाँदरलाई चलायो भने पाँच जना मिलेर टोक्न आउछन् । बाँदर एकै ठाउँमा बस्दैनन् । त्यसैले यिनीहरूको घर÷थर केही छैन । मतबल,कसले ल्याएर ख्वाउला भनेर हेर्छन् । बाँदरले आफ्नो छोराछोरी र आफ्नो समूहका कसैलाई छुन दिदैनन् । खान चाहिँ आफ्नो बच्चाको पनि खोसेर खान्छन्, त्यस्तो सङ्घर्ष छ यिनीहरूको ।

विदेशी बुद्धिले भ्रष्टचार
परिवार, संसार, अपार भनेजस्तै बाँदर भगवान् हुन् । बाँदर मास्न हरेक गरेका छन् । यिनीहरूलाई कसले पुच्छर समातेर एचआईभी छ भनेर हेरेको छ ? अर्काको व्यवहार, बाटो बिगार्यो भने मान्छेलाई त रिस उठ्छ भने बाँदरलाई रिस उठ्दैन ? पशुपति, स्वयम्भू नजाओ बाँदरले टोक्छ भनेर हल्ला गर्नु भनेको बाँदरलाई मार्ने विचारले हो । बाँदरले फोहोर ग¥यो, मान्छेलाई टोक्यो भन्ने विचारले पत्रिकामा निकालिएको हो । तर यो गर्नेलाई भलो हुँदैन । प्रकृतिलाई बिगार्यो कि देश मासिन्छ । जङ्गलमा बस्ने पशुपक्षी, जनावरहरु आफै खाएर हिँड्ने हो । तिनीहरूलाई हामीले दिएपनि खान्छन् नदिए पनि खान्छन् र आफै बाच्छन् । प्रकृतिले आफ्नो ठाउँ छोडेको छैन । हावा, हावाकै ठाउँमा छ । धुँवा, धुँवाकै ठाउँमा छ, त्यसलाई हामीले बिगार्नु हुँदैन । प्रकृतिभन्दा बाहिर गयो भने त गई गयो नि । ‘देश कालो, व्यवहार छ अध्यारो, त्यहाँमाथि आयो भूइचालो ।’ भूईचालो आएर पैसो, बैँस सब हराइदियो र सबैलाई एकै ठाउँमा सम्म पारिदियो । यसरी आपत्त विपत्त आउँछ, सचेतना अपनाउदा राम्रो हुन्छ । नेपालीलाई विदेशी औषधी, मल, बुद्धिले नै भ्रष्टचार गरेर ल्यायो । अहिले जे पनि लेखिदिने भए, जे भन्दिएभयो । कानुन भनेको धर्म हो । धर्म भनेको माया र दया हो । पहिला गाई र माईको कत्ति माया गर्थे । अब,बच्चालाई खुवाउने, बुढाबुढीलाई माया गर्ने धर्म रहेन । अहिले त जो चोर उसैको ठुलो स्वर ।

बाँदरको सेवामा चार दशक
बाँदर रोगी भएको समाचार आएपछि मलाई बाँदरलाई खानेकुरा नबाड भनेर धेरैले भने तर मैले मानिन । म त ०३६ सालदेखि यिनीहरूको सङ्गत गर्दै, खानेकुरा दिँदै आएको छु । पहिला पहिला गौरीघाटतिर मकै बाड्थे । त्यस बेला धेरैले मलाई ‘बाँदर बा बा’ भन्थे । अहिले बाँदरको लागि धेरै जना म सँग झगडा गर्न आउछन । कत्तीले गाली पनि गर्छन् तर म बाड्न छोड्दिन । धेरैले मलाई भनेका छन्, बाँदरको रोग सर्छ भनेर । परेवा, बाँदर, साँढेहरु लखेट्नु हुन्छ, मन्दिरको ? मन्दिर भनेको मन स्थिर गर्ने ठाउँ हो, सबै आएरकचृि

उृपभमिलेर बस्ने मन्दिर र सबैको मन मिलेपछि मन्दिर । बाटोमा बाँदरलाई खानेकुरा नदेउ अलि पर बाड भनेर म बुढोसँग कति झगडा गर्न आउछन् । म ठिटो भएको भए ती मारामार झगडा हुन्थ्यो पनि होला । म कहिले काहिँ चार÷पाँच सय रुपैयाँको किनेर पनि बाडिदिन्छु । अनि मलाई घरमा बुढीले गाली गर्छे, घरमा खाने तरकारी छैन, बाँदरलाई बाडेर हिँड्ने भनेर । अब,मलाई यिनीहरूलाई नदिउ भने माया लाग्छ । जेथा, बेथा, के थाहा ? यस्तै, अथाहमै पुगियो । -तामाकोशी साप्ताहिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *