अनलाइन प्रणालीले सेयर प्रमाणपत्र बोक्ने झन्झटको अन्त्य

भरतराज शर्मा

धरान, भदौँ २४ । पछिल्लो समयमा सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्न थालेको छ । सेयरको अभिलेख विद्युतीय प्रविधि (डिम्याट) मा राख्न थालिएपछि सेयर प्रमाणपत्र बोक्ने झन्झटको अन्त्य भएकाले बजार थप बिस्तार भएको हो ।

काठमाडौं, विराटनगर, धरान, ईटहरी,पोखरा, नेपालगञ्ज जस्ता ठूला सहरमा मात्र सीमित रहेका सेयर किनबेचमा सहयोग गर्ने ब्रोकर कम्पनीले अघिल्लो आर्थिक वर्षको अन्त्यदेखि धरान,इटहरी, दमक, बिर्तामोड, धनगढी, नारायणघाट, बनेपा, भैरहवा, बागलुङ लगायतका देशका मुख्य शहरमा शाखा बिस्तार गरेका छन् । जसका कारण ती क्षेत्रका बासिन्दाले सेयर किनबेचमा सहजता महसुस गरेका छन् । यसैक्रममा धरानमा आज (शनिबार)दोर्जी खोला जलबिद्युत कम्पनी लिमिटेडले एक दिने कम्पनी सेयर प्रमोशन तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

धरान भान्चोकस्थित होटल ह्याग्री आईमा एक कार्यक्रमाको आयोजना गरि सो अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको सी बी बी हाईड्रो फन्टका लगानीकर्ता भक्तराज रसाईलीले जानकारी गराएका हुन् । कार्यक्रममा ब्यापारी,शिक्षक,बैकर्स,सेयर लगानीकर्ता तथा बिभिन्न संघसंस्थाका ब्यक्तित्वहरु लगायतका करिब ८० जनाको सहभागिता रहेका थियो ।

कम्पनीका फाउन्ड म्यानेजर श्याम खड्काले प्रायः बजार मापक परिसूचक नेप्से बढेको बेला लगानीकर्ता बढी उत्साहित भएर कारोबार गर्ने गरेको बताए । ‘बजार घट्दा चुपचाप बस्ने लगानीकर्ता बजार बढ्न थालेपछि भने खरिदको लागि बढी उत्साहित हुन्छन’ खडकाले भने, ‘कतिपय अवस्थामा त भनेको बेला खरिद आदेश दिन नसक्दा सेयर मूल्य थप बढेका कारण लगानीकर्ता रिसाउने अवस्था पनि हुन्छ ।’ नयाँ लगानीकर्तामा त्यस्तो रिक्स भए पनि अहिले त्यस्तो प्रवृत्ति हराउँदै गएको उनले बताए । लगानीकर्ता बजारको बारेमा अहिले धेरै जानकार भइसकेकाले त्यस्तो प्रवृत्ति हराएको हुन सक्ने खडकाको अनुमान थियो ।

खड्काका अनुसार अनलाइन प्रयोगकर्ता बढ्नाले र सेयर कारोबारमा सहजता हुनाले नयाँ लगानीकर्ता थपिने क्रम बढिरहेको छ । अहिलेको युवा पुस्ता बढी मात्रामा अनलाइनमा रमाउने हुनाले सेयरप्रति पनि चासो बढ्दै गएको हो । मोफसलका धेरै सहरमा ब्रोकर कम्पनीले शाखा खोलेकाले नयाँ लगानीकर्ता ती कार्यालयमा बुझ्न आउने र थोरै भए पनि लगानी गर्न तयार हुने हुनाले नयाँ लगानीकर्ता बढ्दै गइरहेको उनको दाबी छ ।

त्यस्तै सोही कार्यक्रममा बजार बढ्दै जादा अल्पकालीन कारोबारीले छिटै नाफा ‘बुक’ गर्न पाउने हुनाले बढ्दो बजारमा लगानीकर्ता बढी उत्साहित भएको हुन सक्ने मेरो लगानी डट कमका परमेश्वर अधिकारीले जानकारी दिए । ‘बढ्दो बजारमा तुरुन्तै नाफा हुने र सर्ट टर्म इन्भेस्टर थोरै मूल्य बढ्दा पनि नाफा बुक गरिहाल्ने प्रवृत्तिका हुन्छन,’ उनले भने, ‘त्यसैले यस्तो अवस्थामा सर्ट टर्म इन्भेस्टरले खरिद चाप बढाउँछन् ।’ सेयर बजार यस्तो बजार हो । जहाँ जस्तोसुकै विश्लेषकले पनि विश्लेषण र अनुमान गर्न सक्दैन । ‘यही समयमा बजार घट्छ र यही समयमा बजार बढ्छ भन्ने जान्ने भए त सधैं कारोबारको आवश्यकता नै पर्दैनथ्यो नि उनले भने ।’

सेयर बजार यस्तो बजार हो जहाँ अन्य बजारमा जस्तो किन्ने र बेच्ने मात्रै भएर कारोबार हुँदैन । अन्य बजारमा किन्ने र बेच्नेको सम्झौता भइसकेपछि सो सामानको सहजै कारोबार हुन्छ । तर, सेयर बजारमा किन्ने र बेच्ने दुवै राजी भए पनि तेस्रो पक्षको पनि आवश्यकता पर्दछ । साथै सोही कार्यक्रममा सहभागीहरुले सेयर कारोबार तथा लगानी गर्नै तरिका र दोश्रो बजारमा लगानी गर्नै तरिकाका बारेमा ज्ञान लिएका थिए भने दोर्जी खोला जलबिद्युत कम्पनीले प्रमोटर सेयरका लागी लगानी गर्ने अवसर पनि दिएको थियो । त्यस्तै आजै सुनसरीको ईटहरीमा पनि दिउसो ३ बजे अन्र्तक्रिया कार्यक्रम समेत राखिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *