आज १० देखि ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावलि सार्वजनिक

काठमाडौं, भदौ २४ । निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । आज विहान १० देखि ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावलि सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ । आज नै दिउँसो १ बजेदेखि ५ बजेसम्म उमेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

निर्वाचन चिन्ह पाएपछि उम्म्ेदवारहरुले आजदेखि नै आफ्नो चिन्हसहित भोट माग्न शुरु गर्नेछन् । यस्तै, आयोगले भदौ २९ र ३० गते मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । आयोगले प्रदेश नम्बर २ का सम्पूर्ण जिल्लामा मतदाता परिचयपत्र पठाईसकेको र २९ गतेबाट परिचयपत्र बाँड्न शुरु गर्ने आयोगका प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

यसअघि दुईपटक तोकिएको चुनाव सारेर २ नम्बर प्रदेशका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा चुनाव हुँदैछ । ६ हजार ६ सय २७ पदका लागि १८ हजारभन्दा धेरैको मनोनयन दर्ता भएको जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *