भरतपुर शहर सुन्दर बनाउन महानगर प्रमुख रेणुको यस्तो योजना

काठमाडौं, भदौ २४ । अस्त व्यस्त बनेको भरतपुर महानगरपालिकाको मुख्य शहर नारायणगढ र भरतपुर क्षेत्रको  ट्राफिक व्यवस्थापन गर्न महानगरकी प्रमुख रेणु दाहालले निर्देशन दिएकी छन् ।  चितवनबाट प्रकाशित हुने चुरे सन्देश साप्ताहिकमा यो खबर छ ।

प्रमुख दाहालको अध्क्षयतामा महानगरमा आयोजित सर्बपक्षिय बैठकमा संबन्धित निकायसंग छलफल गर्दै उचित ट्राफिक ब्यावस्थापनबीना बजार ब्यावस्थापन गर्न नसकिने उनले बताइन्  ।

सडक पेटीमा जथाभाबी ठेला पसल राख्ने, सडक छेउछाउमा सवारी साधन पार्कीङ् गर्ने परिपाटीले बजारलाइ सुन्दर बनाउन नसकिने भन्दै सफा र ब्यवस्थित शहर निर्माणका लागि सबैलाई सहयोग गर्न उनले आग्रह गरिन् ।

१ गते देखि सःशुल्क पार्कीङ् 
बैठकले असोज १ गते देखि लागू हुने गरी भरतपुर र नारायणगढ क्षेत्रमा सःशुल्क पार्कीङ् क्षेत्र निर्धारण गरेको छ । नारायणगढ पुलचोक क्षेत्रको सवारीसाधन पुलचोकस्थित नारायणी किनार क्षेत्र, लायन्सचोक शहीदचोक क्षेत्रका सवारी साधनका लागि गणेश हलसंगै रहेको खाली जमिन, चौबिसकोटी क्षेत्रमा चितवन मावीको खाली जमिन र भरतपुर क्षेत्रका लागि जिल्ला प्रहरी कार्यालय अगाडीको गेस्टहाउस चौरमा मात्र पार्कीङ गर्न आग्रह गरिएको छ ।

सडक पेटी खाली
बैठकले बजार तथा राजमार्ग क्षेत्रमा रहेका ब्यावसायी तथा सर्बसाधारणलाइ पसल अगाडी वा सडक पेटीमा सामान वा कुनैपनि निर्माण सामग्री नराख्न आग्रह पनि गरेको छ । राखेको भेटिएका ती सामान जफत हुने बताइएको छ ।

तीन पाडंग्रेलाइ रिङरोडभित्र निषेध 
२०७४ देखी अन्चल यातायात ब्यावस्थ कार्यालयमा दर्ता भइ संचालन भएका तीन पाडंग्रे सवारी साधनलाइ रिङरोडभित्र निषेध गरिने र राजमार्गमा तीन पांग्रे सवारीसाधनलाइ जोर बिजोर प्रणाली लागू गरी संचालनमा ल्याउनुकासाथै सडक पेटीमा ठेला ब्यावसाय संचालन गरिरहेकालाई अर्को व्यवस्था नभयसम्म कालोपत्रे सडकमा व्यवसाय नगर्न आग्रह गरेको छ ।

बैठकमा उपमेयर पार्बती शाह, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, महानगरका कार्यकारी प्रमुख प्रेमराज जोशी प्रहरी उपरीक्षक दीपक थापा, ट्राफिक प्रमुख सन्तोष पन्त, उद्योग वाणिज्य संघ नारायणगढका अध्यक्ष राजन गौतमलगायतको सहभगिता थियो ।

गुरु योजना निर्माण गरि बिकास निर्माण : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निकायको गुरुयोजना निर्माण गरि बृहत सोचका साथ काम गर्नु पर्ने बताएका छन् ।

भरतपुर महानगरपालिकाले शुक्रबार आयोजना गरेको एकिकृत सहरी बिकास कार्यक्रम सम्वन्धि छलफल कार्यक्रममा बोल्दै उनले राजधानी काठमाडौंमा जस्तै संरचना बनाउने र भत्काउने नगरि एक सय वर्षभन्दा पछिसम्मको सोच राखेर गुरुयोजना निर्माण गरि बिकास निर्माण गर्नु पर्ने बताए ।

कार्यक्रममा सहरी बिकास मन्त्री प्रभू शाहाले भरतपुर महानगरलाई नमुना सहर बनाउनका लागि मन्त्रालयले काम सुरु गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *