२१ किलो चरेशसहित बाँकेमा दुईजना पक्राउ
२०७४ जेठ १५ गते

“
बाँके, भदौ २३ । २१ किलो चरेशसहित बाँकेको डुडुवा गाउँपालिकाबाट पक्राउ परेका दुईजनालाई आज सार्वजनिक गरिएको छ । डुडुवा गाउँपालिका २ लौरीगौरीका ५४ बर्षीय हेरन अहिर र ७० बर्षिय मुरली अहिरलाई अस्ति राती घरबाटै प्रहरीले लागु पदार्थ चरेस सहित पक्राउ गरेको थियो ।
संघीय प्रहरी इकाइ कार्यालय नेपालगन्जले आज पत्रकार सम्मेलनको आयोजना गरी अहिरद्वयलाई सार्वजनिक गरेको हो । कार्यालयका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीका अनुसार, कार्यालयको बिशेष अनुसन्धान टोलीले करिव ३ लाख ६० हजार रुपैयाँ बराबरको चरेशसहित उनीहरु पक्राउ परेका हुन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले वताउनुभयो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








