बिभिन्न पत्रपत्रिकामा छापिएका आजका सम्पादकीय यस्ता छन्

काठमाडौं, भदौ २३ ।   कलमवीर गौरी लंकेश : नागरिक दैनिक

कुनै बेला नेपाली पत्रकारहरुले आफ्नो पेसाका निम्ति प्रेरक मुलुकका रुपमा लिने गरेको भारत अहिले अत्यन्तै प्रतिकृल अवस्थाबाट गुज्रिरहेको छ ।
स्वतन्त्र पत्रकारिताका निम्ति भारतको हावापानी अनुकुल देखिन छाडेको छ ।

भारतको कर्णबाट राज्यकी वरिष्ठ पत्रकार एवं अभियान्ता गौरी लंकशको मंगलबार भएको हत्याले यस्तै प्रकृतिका विगत घट्नालाई पुनः स्मरण गराएको छ ।

संसारकै ठुलो लोकतन्त्र का रुपमा चिनिने भारत अहिले पत्रकारका निम्ति अत्यन्ते खतरनाक मुलुकका रुपमा चित्रित हुन थालेको छ ।

ब्यक्तिगत सम्बन्धमा अत्यन्तै हार्दिक र विनम्र गोरीले राज्यका गलत नीति र ब्यबहारविरुद्ध आगो ओकल्ने गरेकी थिईन ।
यही नै उनको जीवनहरणको कारक बन्न पुगेको छ ।

यसै पनि पछिल्ला बर्षमा भारतका पत्रकारले प्रेस स्वतन्त्रताको कमजोर अवस्थाका कारण असजिलो अवस्थामा पत्रकारिता गरिरहेका छन् ।

असहिष्णुता मनोबृत्तिको अर्को दृष्टान्त : कान्तिपुर दैनिक 

मुलधारको राजनीति, विचार वा कार्यपद्धतमिाफरक मत राखेर अघि बढिरहेकी पत्रकार गौरी लंकेशको हत्यासंगै भारतमा असहिष्णुता मनोबृत्तिले जरा गाड्दै गएको देखिएको छ ।

राज्यसत्ताको आलोचक हुनासाथै र उग्रराष्टबावदको संकीर्ण घेराबाट माथि उठेर फरक दृष्टिकोण राख्नेवित्तिकै यसको नतिजा कति घातक र आतातायी हुनसक्ने रहेछ भनेर उदाहरण दिने क्रममा भारतीय प्रेस जगतलाई पनि औंल्याउन थालिएको छ ।

स्वतन्त्र प्रेस स्वीकार्य रहेको मसाजको सुचकांका बर्सेनी ओरालो लाग्दै गरेको भारतमा वितेको चार बर्षमा मात्रै झन्डै डेढ दर्जन पत्रकार लेखकको हत्या भईसकेको छ ।

यो क्रममाय यो साता कन्डभोषी गौरी लंकेश पत्रिके की सम्पादक गोली लंकेशको रहस्यमय हत्याले भारतमा विस्तारित असहिष्णुता प्रबृत्तिको अर्को दृष्टान्त सार्वजनिक गरेको छ ।

निन्दनीय अतिवाद : अन्नपुर्ण पोष्ट 

मानव समाज र राजनीतिमा धार्मिक अतिवाद हावी हुँदै जाँदा त्यसले विश्वमा हत्या, हिंसा, अस्थिरता र अशान्ति मच्याएको छ । यसको सबैभन्दा पछिल्लो नजिर बनेको छ, वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या । भारतको बेङलुरुमा हिन्दु अतिवादीद्वारा वरिष्ठ पत्रकार लंकेशको यही भदौ २० गते उनकै घरअगाडि गोली हानी हत्या गरिएको थियो ।

अधिकारकर्मीसमेत रहेकी ५५ वर्षकी गौरी कन्नड भाषामा प्रकाशित हुने ‘गौरी लंकेश पत्रिके’ नामक साप्ताहिक पत्रिकाकी संस्थापक तथा प्रधानसम्पादक थिइन् । उक्त पत्रिका वामपन्थी विचारधाराको समर्थक मानिन्छ ।

धर्मनिरपेक्षता, दलित, सीमान्तकृत र अल्पसंख्यकको पक्ष लिने लंकेश हिन्दुवादी राजनीति र त्यसका नाममा मौलाएको अधिनायकवादी चरित्रको निर्भीक भएर विरोध गर्थिन् । नक्सलवादी माओवादीलाई मूलधारमा ल्याउन प्रयत्नरत लंकेशको हत्याको जति निन्दा गरे पनि कमै हुनेछ ।

भारतीय जनता पार्टी (भाजपा) सरकारमा आएपछि हिन्दुवादी राजनीतिको खुलेर विरोध गर्ने र धर्मनिरपेक्षताको वकालत गर्नेहरूलाई धम्क्याउने र मार्नेसम्मका क्रियाकलाप हुँदै आएका छन् ।

यसअघि कर्नाटकको कन्नड विश्वविद्यालयका उपकुलपति भइसकेका बौद्धिक व्यक्तित्व एमएम कलबुर्गी, महाराष्ट्रका अन्धविश्वासविरोधी अधिकारकर्मी नरेन्द्र दाभोलकर र लेखक तथा भारतीय कम्युनिस्ट पार्टीसँग आबद्ध राजनीतिज्ञ गोविन्द पानसारेको पनि हिन्दुविरोधी भन्दै हत्या गरिएको थियो।

लोकतान्त्रिक पद्धतिभित्र अधिनायकवादी चरित्र सुहाउने र सहन सकिने विषय होइनन् । वाक् स्वतन्त्रता र प्रेस स्वतन्त्रता कमजोर पार्न खोज्दा अधिनायकवाद, भ्रष्टाचार, शक्ति र अख्तियारको दुरुपयोग बढेर जान्छन् ।

मार्टिन लुथर किङ जुनियरले ‘कुनै पनि ठाउँमा हुने अन्याय अरू सबै ठाउँमा न्यायलाई चुनौती हो’ भनेका छन् । भारतमा वाक् र प्रेस स्वतन्त्रतामाथि भएको यो जघन्य आक्रमण नेपालको लागि पनि चिन्ताको विषय हो । यस्ता कायरतापूर्ण घटनाको हामी भत्र्सना गर्दछौं।

दोषीहरु नउम्किउन् : नेपाल समाचारपत्र 

पटक पटक ठुलो मात्रामा सुन बरामद भएका समाचारले नेपाल सुन तस्करका लागि ट्रान्जिट प्वाईन्ट बन्दै गएको पुष्टि गरेको छ ।

पछिल्ला दिनहरुमा विशेष गरी नेपालको उत्तरी छिमेकी मुलुक चीनबाट अवैध सुन नेपालमा भित्रिने गरेको छ ।

हालै एक चिनियाँ दम्पती वान मिङ र विङले चीनबाट नेपाल भित्र्याएको ८८ किलो सुन बरामद भएपछि नेपालको छवि अन्तर्राष्ट्रिय क्षेत्रमा नै घुमिल हुने सम्भावना बढेर गएको छ ।

त्यसैले सुन तस्करमा संलग्न जो कोहीलाई पनि कानुनी दायरमा ल्याउनै पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *