न त नगद न त कार्ड, अब एक मुस्कानमै होटेलको बिल भुक्तान

एजेन्सी । ट्वाइलेट पेपर समेत स्मार्ट बनाइसकेको चीनले अब भुक्तानी प्रणालीमा पनि दुनियामै नभएको तरिका अपनाउँदैछ । यसलाई स्माइल टू पे पद्धति भनिन्छ । रकम तिर्नका लागि मुस्कुराउने यो सिस्टम एक बायोमेटि्रक पद्धति हो । यसमा ग्राहकलाई केवल मेसिनको अगाडि उभिएर मुस्कुराउनुपर्नेछ । अनि केवल आफ्नो मोबाइल नम्बर टाइप गरिदिएपछि तपाईँको रकम चुक्ता हुनेछ । न त कुनै बैङ्क कार्ड चाहिने, न त नगद रकम नै बोक्नुपर्ने ।

चीनको एक रेष्टुरेन्टले मुस्कुराएर रकम तिर्न मिल्ने प्रविधिको सुरुवात गरेको छ । यसका लागि रेष्टुरेन्टले अलिबाबा ग्रुपको एन्ट फाइनेन्सियलसँग सहकार्य गरेको छ । यो प्रविधिमा प्रयोग हुने मेसिनमा लाइभनेस डिटेक्सन एल्गोरिदम प्रयोग हुन्छ । अर्थात् यसले थ्री डी क्यामराको अगाडि उभिएको मानिसको केवल अनुहार र मुस्कान मात्र होइन की उसको हलचल वा जिवन्तता पनि पढ्न सक्दछ । अर्थात् जिउँदो मान्छेको साटो उसको तस्बिर राखेर यो मेसिनलाई झुक्याउन सम्भव हुँदैन ।

चीनको ग्वांझूमा रहेको केएफसीको एक स्टोरबाट स्माइल टू पे सिस्टमको सुरुवात गरिएको छ । यो रेष्टुरेन्ट केवल भुक्तानी प्रविधिमा मात्र होइन यसका मेन्यूका कारण पनि अन्य केएफसी रेष्टुरेन्ट भन्दा अलग छ । यहाँ अन्य केएफसीमा जस्तै चिकेन मात्र पस्किइँदैन, यहाँको मेन्यू पुरै भिन्न छ । यहाँ ग्रिल्ड चिकेन, सलाद तथा जूस लगायतका खानेकुरा पनि पाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *