क्यारेवियन क्षेत्रमा समुद्री आँधीले क्षति, जनजीवन अस्तव्यस्त

काठमाडौं, भदौ २२ । क्यारेवियन क्षेत्रमा आएको समुद्री आँधी इर्माले ठूलो क्षति पुर्‍याएको छ ।

क्यारेवियन क्षेत्रमा रहेको फ्रान्सको भूमिमा आँधीले बढी क्षति पुर्‍याएको हो । फ्रान्सेली टापु सेन्ट मार्टिन र सेन्ट बार्टसमा बढी भौतिक क्षति भएको छ ।

प्रतिघण्टा २ सय ९५ किलोमिटरको रफ्तारमा आएको यो आँधी हालसम्म रेकर्ड गरिएको मध्येकै शक्तिशाली भएको बताइएको छ ।

आँधीका कारण क्यारेवियन क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । समुद्री आँधीमा परेर कम्तिमा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले आँधीले भौतिक क्षति बढी भएको र जनजीवन अस्तव्यस्त बनाएको बताएका छन् ।

इर्मा आँधीको प्रभाव क्यारेबियन टापुहरु बर्बुडा र एन्टिगुवामा समेत परेको छ । बर्बुडाका ९० प्रतिशत भवनमा आँधीले क्षति पुर्‍याएको छ ।

अहिले यो आँधी नर्दन भर्जिन आइल्यान्डतर्फ गएको छ ।

आँधीका कारण पोर्टओ रिको, डोमेनिकल रिपब्लिक, ब्रिटिस भर्जिन आइल्यान्डसहितका क्षेत्र पनि प्रभावित हुने चेतावनी दिइएको छ ।(एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *