नेपालीमा इम्बोस्ड नम्बर प्लेट राख्न विकास समितिको निर्देशन

काठमाडौं, भदौ २१ । व्यवस्थापिका संसदको विकास समितिले सबैभन्दा कम लगानीमा इम्बोस्ड नम्बर प्लेट राख्ने कम्पनी छनौट नगर्नुको कारण ७ दिन भित्र समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले इम्बोस्ड नम्बर प्लेट राख्न आवेदन दिएका ४ वटा कम्पनीमध्ये सबै भन्दा न्यून रकम २९ मिलियन डलर प्रस्ताव गर्ने कम्पनीलाई छनौट नगर्नुको कारण ७ दिनभित्र पेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । सरकारले बढी रकम प्रस्ताव गर्ने आवेदक मध्येको बंगलादेशको कम्पनी डेकाटुर टाईगर कोअपरेशन र अमेरिकन संयुक्त कम्पनीलाई ४० मिलियन डलरमा इम्बोष्ट नम्बर प्लेट राख्न छनौट गरेकोमा आपत्ति जनाउँदै समितिले निर्णयको सम्बन्धमा ७ दिन भित्र स्पष्टिकरण दिन सरकारलाई सचेत गराएको हो ।

बढि रकम पर्ने कम्पनीका लागि छनौट गर्नुको कारण पेश गर्न सरकारलाई निर्देशन दिनु परेको समितिका सभापति रविन्द्र अधिकारीले जानकारी दिनुभयो । समितिले स्पष्टिकरणमा सार्वजनिक खरिद ऐन, नियमावलीसँग कम्पनी छनौटको तादात्म्यता समेत खुलाउन पनि सरकारलाई सचेत गराएको छ ।

समितिले सवारी साधनका लागि नम्बर प्लेट वितरण गर्ने कार्य अव अञ्चलगत आधारमा नभई प्रदेशगत आधारमा गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बीरबहादुर बलायरले इम्बोष्ट नम्बर प्लेट राख्न कम्पनी छनौट भईसकेकाले यसलाई मानेर अघि बढनुको विकल्प सरकारसँग नभएको स्पष्टिकरण दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 9 =