हङकङ विरूदको खेलका लागि १८ सदस्यीय नेपाली टोलीको घोषणा

भदाै २१, काठमाडाै । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आउँदो अक्टोबरमा १३ र १५ तारिखमा हुने हङकङ विरूद्वको खेलका लागि १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट समितिले १८ सदस्यीय टोलीको घोषणा गरेको हो । गएको साउन ३० गते छानिएको प्रारम्भिक २५ सदस्यबाट बुधवार १८ सदस्य छानिएको हो ।

१८ खेलाडीबाट हङकङ विरुद्ध खेल्ने अन्तिम १४ खेलाडीको नाम पछि घोषणा हुनेछ भने ४ खेलाडी वैकल्पिकको रूपमा रहनेछन् । १८ सदस्यीय टोलीमा सुशील कँडेल र ललित सिंह भण्डारी पहिलो पटक टोलीमा अटाएका छन् ।

२५ सदस्यीय टोलीबाट शक्ति गाैचन, अविनाश कर्ण, विक्रम साेब, सौरभ खनाल, हासिम अन्सारी, दिलीप नाथ बाहिरिएका हुन् । शक्तिले यस अघि नै स्वास्थ्य ठिक नभएका कारण नखेल्ने बताइसकेका थिए ।

को को परे त टोलीमा ?

पारस खड्का
ज्ञानेन्द्र मल्ल
शरद भेषावाकर
सुशील कँडेल
नरेश बुढाएेर
ललित सिंह भण्डारी
सन्दिप लामिछाने
महबुब आलम
जितेन्द्र कुमार मुखिया
कुशल भुर्तेल
आरिफ शेख
सुशन भारी
सागर पुन
दिपेन्द्र सिंह ऐरी
वसन्त रेग्मी
करण केसी
विनोद भण्डारी
सोमपाल कामी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *