नेपाल ताजिकिस्तानसँग पराजित, घरेलु मैदानमा २–१ को हार

काठमाडौं, भदौ २० । एएफसी एसियन कप छनोट फुटबलअन्तर्गतको तेस्रो खेलमा नेपालले ताजिकिस्तानसँग पराजय व्यहोरेको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा भएको खेलमा नेपाल २–१ ले पराजित भएको हो । मध्यान्तरअघि नैै २ गोल खाएको नेपालले मध्यान्तरपछि १ गोल फर्काएको थियो ।

नेपालले २५औं मिनेटमा पहिलो तथा ३०औं मिनेटमा दोस्रो गोल खाएको हो । नेपालले ६१औं मिनेटमा गोल गर्दै अन्तरमात्र कम गर्‍यो । बिमल घर्तीमगरले नेपाललाई गोल दिलाएका हुन् ।

समूह ‘एफ’मा रहेको नेपालले यसअघि खेलेका दुई खेलमध्ये फिलिपिन्ससँग पराजय व्यहोरेको थियो भने यमनसँग बराबरी गरेको थियो । ताजिकिस्तानले भने दुबै खेल हारेको थियो ।

नेपालले ताजिकिस्तानविरुद्ध पराजय व्यहोरेसँगै अर्को चरण पुग्ने सम्भावना कठिन बनेको छ । अंक समीकरणअनुसार नेपाल पुछारमा रहेको छ ।

समूहको शीर्ष दुईमा रहने टिम सन् २०१९ मा युएईमा हुने एसिया कपका लागि छानिनेछन् ।

समूहका सबै चार टोलीले एक–अर्काविरुद्ध ‘होम एन्ड अवे’को आधारमा कुल ६ खेल खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *