लागूऔषध कारोबार गर्नेहरूको नयाँ नयाँ तरिका

“
भदाै २०, हेटाैडा । मकवानपुरका विभिन्न स्थानबाट लागूऔषध ओसार पसार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरू मध्य एकजनालार्इ हेटौडा प्रहरीले बसपार्कबाट अदुवासँग मिसाएर ल्याएको गाँजा सहित भेटेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ना. ५. ख. ५५५४ नंम्बरको यात्रु बाहक बस रोकी चेक जाँच गर्दा डिक्कीमा अदुवाको २ वटा बोरा भित्र अवैध लागु औषध गाँजा ३१ किलो ८ सय ग्राम फेला पारेको जानकारी गरायो ।
गाँजासँगै मकवानपुर राक्सीराङ गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष ३० को जय तामाङलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बिकाशराज खनालले बताउनुभयो । यसै गरी हेटौडा १४ स्थित चुरियामाई मन्दिर नजिक लागूऔषको कारोबार गरिरहेको अवस्थाबाट चार जनालाई पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले पर्सा बिरगंज महानगरपालिका वडा नंम्बर २१ परवानीपुर बस्ने वर्ष ४० को ब्यास प्रसाद पटेल, सोही ठाउँमा बस्ने निजको श्रीमती वर्ष २५ को रगंमतीदेवी पटेल, बिरगन्ज वडा नम्बर ९ बस्ने वर्ष ३४ को राजकुमार कोइराला एवम् सोही वडाका वर्ष ३१ को सन्तोष लामालाई लागूऔषध रिक्पस सहित पक्राउ गरिएको जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले ४७ बोतल रिक्पस सहित कारोबार गरी रहेको अवस्थामा फेला परी पक्राउ गरी राजकुमार कोइरालाको बा. २७ प. ३४२८ नंम्बरको मोटरसाईल समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक खानालले बताउनुभयो ।
यसै गरी प्रहरीले अवैध सुन सहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला हेटौडा १५ स्थित रातोमाटे चेकपोष्टमा हेटौडाबाट बिरगंज तर्फ जादै गरेको ना. १ ज. ४०५२ नम्बरको सुमो चेक जाँच गर्ने क्रममा उक्त सुमोमा सुन बरामद गरेको हो ।
सुमोमा सवार भारतीय नागरिक वर्ष ४० को अशोक कुमार शर्माको साथबाट अवैध सुन १ सय ९५ ग्राम र अहिलेको बजार मूल्य ९ लाख ६० हजार रुपैयाँ बराबरको सुन फेला पारी आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ ।
“








