स्थानीय तह अन्तरगत जानु पर्ने कार्यक्रम भदौ मसान्तसम्म हस्तान्तरण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह अन्तरगत जानु पर्ने आयोजना तथा कार्यक्रम भदौ मसान्तसम्म हस्तान्तरण गर्न निर्देशन दिनुभएको छ । राष्ट्रिय बिकास समस्या समाधान समितिको आजको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रालय तथा सरकारी निकायहरुलाई ९ बुँदे निर्देशन दिनुभएको हो ।

उहाँले स्थानीय तहमा हस्तान्तरण बाँकी कार्यक्रम वा आयोजनाहरुसम्बन्धी संगठन, स्रोत र जनशक्ति समेत हस्तान्तरण गर्न आग्रह गर्नुभएको छ । समितिले सिफारिश गरेका १३ बुँदे निर्देशनमा आधारित रहेर प्रधानमन्त्रीले यस्तो निर्देशन दिनुभएको हो । देउवा यो समितिको अध्यक्ष समेत रहनुभएको छ । समितिले १५ दिनभित्र स्थानीय तहको अन्तिम संरचना तयार गर्ने र सामान्य प्रशासन मन्त्रालयको सहयोगमा जनशक्ति खटाउने निर्देशन दिन सिफारिश गरेको छ ।

स्थानीय तहमा देखिएको वैदेशिक सहयोग परिचालन र स्रोत व्यवस्थापनमा रहेको दुविधा हटाउन पनि २ महिना भित्र आयोग र अर्थ मन्त्रालयको समन्वयमा विकास साझेदारहरुसँग बैठक गरिने भएको छ । गाउँपालिका र नगरपालिकाको प्रशासनिक भवन चरणवद्ध रुपमा निर्माण गर्ने कायोजना तयार पार्न स्थानीय विकास मन्त्रालयलाई २ महिना दिइएको छ भने ४ वर्षभित्र योजना कार्यान्वयन गरिसक्नु पर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *