छुटको नाममा यसरी हुदो रहेछ लुट

“
भदाै १९, काठमाडाै । अन्तर्राष्ट्रिय ब्राण्डका सामान बेच्ने पसलहरूले ६ गुणासम्म नाफा खाने गरेको भेटिएको छ । आपूर्ति मन्त्रालयले चाडपर्वको बेलामा हुन सक्ने कालोबजारीलाई दृष्टिगत गर्दै गरेको छड्केका क्रममा यस्तो भेटिएको हो ।
आपूर्ति मन्त्री र आपूर्ति विभागका महानिर्देशक सहितको टोलीले दरबारमार्ग आसपासका पसलहरुमा अनुगन गर्दा दरबारमार्गस्थित नाइक ब्राण्डका जुत्ता तथा अन्य कपडाहरू बेच्ने एभिन्यु मार्केटिङले ४७ सयमा खरिद गरेको जुत्तालाई २७ हजारमा बेच्ने गरेको फेला परेको हो । भने, एक सय रुपैयाँमा खरिद गरेको मोजालाई १४ सयसम्ममा बिक्री गरेको समेत भेटियो ।
नियमानुसार २० प्रतिशतभन्दा बढी नाफा खाएर कुनै पनि व्यापारीले सामान बेच्न पाइँदैन । तर, व्यापारीले मनपरि पैसा असुलेको पाइयो । चाडपर्वको नाममा ६०, ६५, ७५, ८० प्रतिशत छुट भन्दै मूल्य बढाएर उपभोक्ता ठग्ने काम गरेको भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सरक्षण विभागले सिलबन्दी गरेकाे हो ।
सेलको नाममा अधिक मूल्य असुल गरिएको, खरिद बिल देखाउन नसकेको कारणले त्यहाँका विभिन्न ब्रान्डका सामान बेच्ने पसलहरुमा सिलबन्दी गरिएको उपभोक्ता अधिकार मञ्चका अध्यक्ष तथा अनुगमन समितिका सदस्य माधव तिमिल्सिनाले जानकारी दिए । दरबारमार्गमा रहेका बेन्टले, नाइकी, पुमा, स्टोर वानलगायतका सोरुममा सिलबन्दी गरिएको उनले जानकारी दिए ।
“








