हेर्नुहोस् हामीले जिताएर पठाएका जनप्रतिनिधीको सुत्ने तरिका


भाद्र १८, रुपन्देही । स्थानीय निकायको निर्वाचन पछि गाउँगाउँमा विकासका लहर पुगेको पार्टीहरूले दाबी गरिरहँदा रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष भने कार्यालयमा मस्त निन्द्रामा वडाका विकासे सपना देखि रहेका छन् ।

स्थानीय निकायको निर्वाचनमा उपेन्द्र यादवको सङ्घीय समाजवादी पार्टीका तर्फबाट वडाध्यक्षमा विजयी भएका राम वेलास यादवको कार्यालयमा दिउसै सुत्ने बानीका कारण स्थानीय जनता हैरान भएका छन् ।

उनी बिहान समयमै कार्यालय त आउँछन्, तर, बिहानको खाना खाएर केही छिन आँगनमा सुत्ने बानी परेका उनी कार्यालयमा सेवाग्राहीलाई पर्खाएरै मस्त सुत्ने गरेको स्थानीयको भनाई छ । ‘अध्यक्ष ज्यू सधैँ यस्तै हो हजुर हामीले कतिपल्ट भन्यौं कमसेकम मान्छे आउँदा त अलिक हेक्का राखिदिनु पर्ने हो ।’ एक वडा सदस्यले भने ।

उनको यो हरकत नयाँ हैन, गाउँमा कुनै कार्यक्रम भएको छ भने उनी कुर्सीमा बस्ना साथ उङ्न थाल्छन् । कहिले काँही कार्यालयमै भित्रबाट चुकुल लगाएर सुत्ने गरेको स्थानीयको भनाई छ ।

उनको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा भाईरल भएको छ । फेसबुक प्रयोगकर्ताले उनको तस्बिरमा कमेण्ट गर्दै राजनीतिमा सही नेतृत्व आउन नसकेको तर्क गरेका छन् ।

‘गाउँ गाउँमा सिंहदरबार भनियो तर वास्तविकता भने स्याल दरबार जस्तो व्यवहार देखिएन र ? हामीले योग्य एवम् नेतुत्ववहन गर्ने व्यक्तिलाई नचुनेर नै होला सायद । यस्तो परिणाम देख्नु परेको । उपेन्द्र यादवको मधेशवादी दल सङ्घीय समाजवादी फोरमका तर्फबाट विजयी भएका रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष रामवेलास यादव ज्युले विकास र निर्माणका सपनाहरू देख्दै हुनुहुन्छ ।’ एक फेसबुक प्रयोगकर्ताले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *