प्रेममा परेपछि केटीहरूमा यस्ता व्यवहारिक परिवर्तन आउँछन्

एजेन्सी । जब कुनै पनि केटी पुरुषसँगको सम्बन्धमा आउँछे उसमा बदलाव आउँछ । हुन त केटीलाई बुझ्न कसैले पनि सक्दैन पनि भनिन्छ तर कसैको गर्लफ्रेण्ड बनेपछि केटीहरुको व्यवहारमा परिवर्तन आउँने गर्छ । उनीहरुमा आएको बदलाव बुझ्न त्यति कठिन हुँदैन ।

यस्ता बदलाव कुनै चिजसँग सम्बन्धित हुन सक्छन् । अचानक मुड परिवर्तन हुने, स्वभाव बदलिनु इत्यादि ।

प्रेममा परेपछि केटीमा के के ब्यवहारिक परिवर्तन आउँछन् त ?

१ निद्रा नलाग्ने
भनिन्छ प्रेममा परेपछि निद्रा भाग्छ । यस्तै हुन्छ कतिपय केटीलाई । प्रेममा परेका केटीहरु अबेर सम्म सुत्दैनन् र प्रेमीसँग कुरा गरिरहन्छन् । एसमएस कल देखि च्याटले केटीहरुलाई राति सम्म ब्यस्त बनाउँछ ।

२ फोनमा लामो कुरा
प्रेममा परेपछि एउटै कुरा पनि आपसमा पटक पटक दोहोर्‍याएर गर्नु समान्य हो । केटीहरु पनि त्यस्तै गर्छन् । केटीहरुले फोनमा केटासँग लामो लामो कुरा गर्छन् । प्रेममा परेपछि एसमएस र कल जाँच गर्नु नै केटीको काम बन्छ । राति राति सम्म केटीहरु फोनमा झुण्डिरहेका हुन्छन् ।

३ रोमान्टिक गीत र फिल्म
कसैको प्रेममा परेपछि केटीहरु रोमान्टिक गीत र फिल्म मन पराउँछन् । किन भने कुनै पनि रोमान्टिक गीत आफैलाई गाएको जस्तो लाग्छ भने फिल्मका पात्र आफू नै भएको जस्तो महसुस हुन्छ । साथै उनीहरू यो कुरा प्रेमीलाई सुनाउन हतारिन्छन् पनि ।

४ जासुस

प्रेममा परेपछि केटीहरुले प्रेमीलाई बढी सिरियस्ली लिन्छन् । केटाका हरेक कुरामा चासो लिन्छन् भने फेसबुक स्ट्याटस देखि प्रोफाइलमा आएका लाइक सम्म । आफ्नै प्रेमीको विषयमा कुरा गरेको सुन्न मन पराउँछन् । तर, उनीहरु चाहिने भन्दा बढी नियन्त्रण गर्ने स्वभाव केटीहरुको बानी हुन्छ ।

५ इर्स्यालु
जब केटीहरु कुनै पुरुषको प्रेममा पर्छन् । उनीहरुलाई असुरक्षित महसुस हुन्छ । केटो अरुसँग नजिक होला आफूसँग टाढा होला कि भन्ने केटीहरुको चिन्ता हुन्छ । अरु केटीसँग प्रेमी बोल्दा त केटीहरुलाई इर्श्या नै हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *