यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

काठमाडौं, भदौ १८ ।  

जग्गा खरिदमा अख्तियारको आलटाल : कान्तिपुर दैनिक

नेपाल आयल निगमले जग्गा खरिद गर्दा करोडौं रुपैयाँ अनियमितता गरेको विषय सार्वजनिक भएको डेढ महिना बित्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन तत्परता नदेखाउनु बिडम्बनापुर्ण मात्रै छैन, सन्देहपुर्णसमेत छ ।

अख्तियारले आफै छानविन अघि बढाउन सक्ने भए पनि जग्गा खरिदको अनियमितताका विषयमा उपभोक्त हित संरक्षण मञ्चले उजुरी नै दिएको थियो ।

संसदमा सार्वजनिक लेखा समितिले अनियमितता ठहर गर्दै अनुसन्धान गरी कारबाही गर्न अख्तियारलाई दिर्नेशन दिएको पनि एक महिना हुन लागेको छ ।

सांसदकै उधोग बाणिज्य तथा उपभोक्ता हित सम्ब्नध समतिको अध्ययानले समेत जगा खरिदमा अनियमितता भएको देखाएको छ ।

तर यो विषयमा छानविन गर्ने जिम्मेवार प्रमुख नियका अख्तियार भने उदासीन छ, न त सरकारले कारबाहीको प्रक्रिया अगाडी बढाएकोे छ ।

सम्पदा पुनर्निर्माणमा उदासीनता : नागरिक दैनिक 

संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक एवंम सांस्कृतिक संगठन युनेस्को ले यही सेप्टेम्बर १४ भित्र सम्पदा पुनिनिर्माण सुरु गर्न समयसीमा तोके पनि अलिेसम्मका कामको थालनी नहुनु दभाग्र्यपुर्ण हो ।

पुरात्त्व विभागले पुननिर्माणमा जे जसरी उदासीनता देखाएको छ, त्यसैको कारण भुकम्पले क्षतिविक्षत पारेका अधिकांश सम्पदाको पुनर्मिाण हुन सकिरहेको छैन ।

जे जति मात्रामा सम्पदा पुननिर्माण भएको छ, त्यसको गति पनि निकै सुस्त छ ।

यसरी युनेसकोले तोको समयमा सम्पदता पुननिर्माण सुरु नहुाँदा उपत्यकाका सांस्कृतिक र धार्मिक सम्पदा खतराको सुचिमा पर्ने सम्पभावना बढाएको छ ।

सडकका बालबालिका : नेपाल समाचारपत्र

काठमाडौं उपत्यकाका ब्यस्त सडक र अन्य स्थानमा पैसा माग्दै हिँड्ने बालबालिकाका कारण पैदलयात्रु, सवारी चालक अन्यले हैरानी ब्यहोर्नुपर्ने अवस्था आएको छ ।

बालबालिका मात्रै होईन, बालबालिकाका अभिभावक पनि त्यस्तै ब्यवहारका साथ सार्वजनिक स्थानमा भेटिँदै आएका छन् ।

उनीहरुले सहयोगको याचना गर्दै कागजपत्र देखाएपछि धेरैले माानवीय नाताले सहयोग पनि गर्ने गरेको पाईन्छ ।

आर्थिक सहयोगको अपिल गर्दै हिँड्नेहहरु केही नेपाली भए पनि अधिकांश भारतीय भएको र उनीहरुले बोक्ने कागजपत्र फर्जी भएको सरकारी निकायको ठहर छ ।

बजार गतिविधिमा निगरानी : कारोबार दैनिक 

हरके बर्षझै यस बर्ष पनि सरकारी स्वामित्वका सरकारी संस्थानहरुले नेपालीहरुको सबैभन्दा ठुलो चाड बडादसैंलाई लक्षित गरी राजधानीभित्र सुपथ मुलइका पसल खोल्ने निर्ण गरेका छन् ।

विगतमा साल्ट्र टे«निङ, नेसनल ट्रनिङ, नेपाल खाद्य संस्थान र दुग्ध विकास संस्थानहरुका एकीकृत स्टल रहने गरेकामा नेसलन ट्रनिङ अहिले अस्तित्वविहिन हुने अवस्थामा पुगेको छ ।

ब्यापारिक कारोबार गर्ने यी सरकारी संस्थानको दसैं सक्रियता साँच्चिकै उदेकलाग्दो छ ।

दसैंभरी सकारी अनुदान प्राप्त गरेर खुलाईएका यी संस्थानले दसैं सकिएको केही समय नबित्दै अनुदान प्राप्त नभएको भन्दै पुरानै भनाई दोहोर्याउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *