तातोपानी नाका छिट्टै खुल्नेः वाणिज्यमन्त्री

भाद्र १७, काठमाडौँ । वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले तातोपानी नाका छिट्टै खुल्ने विश्वास व्यक्त गरेका छन् । मन्त्री विश्वकर्माले केरुङ नाकालाई सहज बनाउन सरकार लागि परेको पनि स्पष्ट पार्दै उनले उक्त दाबी गरेका हुन् ।


शनिवार काठमाडौँमा आयोजित रञ्जना व्यापार सङ्घको तेस्रो साधारण सभामा बोल्दै मन्त्री विश्वकर्माले केरुङ नाकालाई सहज बनाउन सरकारले कूटनीतिक पहल गरिरहेको पनि जानकारी दिए । ‘सरकारले चीनसँगको व्यापारलाई सहज बनाउन केरुङ नाकालाई व्यवस्थित बनाउन जोड दिइरहेको छ । केरुङ नाका चाडै खुल्छ ।’ उनले भने ।
मन्त्री विश्वकर्माले भन्सार पारवहन समस्यालाई सहज बनाउने आश्वासन पनि दिए । भने, चीनसँगको व्यापारलाई सहज बनाउन चिनियाँ भाषा सिक्नुपर्नेमा पनि जोड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *