यसपालि दसैँमा गाउँ जाँदा २० केजी भन्दा बढी सामान भारी हाले यस्तो सजाय दिइदै छ

काठमाडौँ, भदौँ १६ । दसैँमा घर जाँदा कति सामान लिएर जाने सोचमा हुनुहुन्छ । ५० कि ६० किलो ? तर, दसैँ आउनु अगावै यस्तो सोच्नुभएको छ भने त्यो इच्छा त्यागिदिनुस् । हो,राजधानीबाट दसैँ मान्न घर जाँदा यस्तो सोच्दै हुनुहन्छ भने अहिले देखि नै बुझिराख्नुपर्ने भएको छ ।
अब सबै यात्रुहरुले दसैँमा घर जाँदा २० किलो सामान भन्दा बढी तौलको सामान बोक्न नपाउने भएको छन् । यातायात व्यवस्था विभाग र व्यवसायीको संयुक्त बैठकले शुक्रवार यस्तो निर्णय गरेको हो ।

२० किलो भन्दा बढी तौल भएको वस्तु बोक्दा त्यसको भाडा लाग्ने छैन तर त्यस भन्दा बढी तौलको वस्तु लैजानुपरे कुरियर वा मालवाहक सवारी वा अन्य व्यवस्थाबाट यसको मेन्टेन गर्नुपर्ने विभागले जनाएको छ । यदि यस विपरीत कार्य गरेको पाइएमा सम्बन्धित सवारीको इजाजतपत्रसमेत खारेज गर्ने विभागले जनाएको छ ।

सरकारले छतमा धेरै तौलका वस्तु राख्दा दुर्घटना बढेको भन्दै छत नै हटाइसकेको छ । तर, उक्त निर्णय हालसम्म कार्यान्वयन भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *