रुसलाई वाणिज्य दूतावास बन्द गर्न अमेरिकाको आदेश

वासिंटन, भदौ १६ । अमेरिकाले रुसलाई सान फ्रान्सिस्कोस्थित उसको वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको छ । यसैगरी व्यापारिक अरु दुई मिशन पनि बन्द गर्न अमेरिकाले रुसलाई भनेको छ ।

रुसको अनुचित कारवाहीको जवाफस्वरुप भन्दै अमेरिकी सरकारले शनिबारसम्ममा न्यूयोर्क र वासिंटनमा रहेका वाणिज्य दूतावास र संलग्न कार्यालयहरु बन्द गर्न भनेको हो ।

गत महिना रुसले उसको देशमा रहेका अमेरिकी कूटनीतिज्ञको संख्या घटाएको थियो, जसको जवाफमा यो कदम लिइएको जनाइएको छ ।

यसअघि क्रिमियामा रुसी कब्जा र अमेरिकाको राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपको विरोधमा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसमाथि प्रतिबन्ध लगाउँदै ३५ रुसी कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश दिएका थिए । सोही बेला ओबामाले मेरील्याण्ड र न्यूयोर्कमा रहेको रुसका दुई कूटनीतिक कार्यालय बन्द गराइदिएका थिए ।

रुसले भने गत जुलाईमा ७५५ अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको थियो । उनीहरुलाई १ सेप्टेम्बरभित्र रुस छाड्न भनिएको छ ।

अमेरिकाको यो कदमसँगै अब दुबै देशमा तीन÷तीन दूतावास बाँकी रहने जनाइएको छ । रुसले भने अमेरिकाको यस निर्णय हेरेर आफूले उचित कदम चाल्ने जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *