एकैदिन तीन ठाउँमा चोरी

राजविराज, १५ भदौ । सप्तरीको खडक नगरपालिका–९ र १० मा गएराति एकैचोटि तीन ठाउँमा चोरी भएको छ ।

सोही नगरपालिकाको इनवा फुलबडियाका रामाकान्त चौधरीको घर र लालपट्टि टोलका इबराहिम तथा हरि चौधरीको घरमा शृंखलाबद्धरुपमा चोरी भएको स्थानीयवासी वीरेन्द्र साहले जानकारी दिनुभयो ।

चोरले उनीहरुको घरमा रहेको नगद जिन्सीसहित सुनचाँदीका गरगहना र भाँडावर्तन गरी रु १० लाख मूल्य बराबरको सामान चोरी भएको पीडितले बताएका छन् ।


सो क्षेत्रमा दुई महिनादेखि लालपुर, बरहा बनौली, फुलबडियासहितका गाउँमा चोरी गर्ने चोर सक्रिय रहेको बताइएको छ ।

चोरी गर्ने समूहको खोजी भइरहेको इप्रका कल्याणपुरले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *