मतदाता शिक्षा कार्यक्रमका लागि स्वयंसेवक आजदेखि घरघर पुुग्दै
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ १५ । प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि आजदेखि मतदाता शिक्षा कार्यक्रम घरघर पु¥याईंदैछ । निर्वाचन आयोगले आजदेखि स्वयंसेवकहरुलाई घरघरमै पुगेर मतदाता शिक्षा दिएको प्रमाणसमेत ल्याउनुपर्ने व्यवस्था गरेको छ ।
संचारकर्मीसंग कुराकानी गर्नुुहुँदै आयोगका नवनियुक्त प्रवक्ता नवराज ढकालले आजदेखि घरघरमै टोली खटिने जानकारी दिनुभयो । आयोगले मतदाता शिक्षाका लागि एक मतदान केन्द्र बराबर एक स्वयंसेवक खटाएको जनाएको छ । प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ वटै स्थानीय तहमा नमुना मतदान गर्ने कार्यक्रम पनि रहेको उहाँले जानकारी दिनुुभयो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








