मधेसी नेता चोर्दै माओवादी : गुप्तालाई पनि ल्याउने तयारी

काठमाडौं, भदौ १५ । मधेसवादी राजनीतिका जग हालेका नेपाल सद्भावना पार्टीका दुई जना नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् भने केहि नेताहरु प्रवेश गर्ने क्रममा छन् ।

निर्वाचनको मुखमा आएर आफ्नो र परिवारका राजनीतिक सुरक्षित गर्न दुवै जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । ‘मधेसी नेता चोर्दै माओवादी’ शिर्षकमा आजको नेपाल समाचारपत्रमा यो खबर छापिएको छ ।

नेसपाका संस्थापक महामन्त्री अनिस अन्सारी मंगलबार जनकपुरमा आयोजित एक कार्यक्रममा माओवादीमा प्रवेश गरेका छन् भने बुधबार सर्लाहीमा आयोजित कार्यक्रममा तत्कालीन नेसपाका नेता र हाल नेपाल लोकतान्त्रिकमा फोरमका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव माओवादीमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रले अन्य मधेस केन्द्रीत दलका नेतालाई पनि पार्टीमा भित्राउने तयारी गरेको पाइएको छ ।

नेपाल सद्भावना पार्टीका तत्कालिन नेता श्यामसुन्दर गुप्तालाई माओवादी केन्द्रमा प्रवेश गराउने तयारी हुँदैछ ।

गुप्ता विभिन्न मुद्दामा जेल सजाय काटेर राजनीतिमा फर्किन लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + six =