सिँचाइमन्त्री गौतम र कोरियाली राजदूत योङ सिकबिच भेटवार्ता

 काठमाडौं, भदौ १४ । दक्षिण कोरियाले नेपालको जलस्रोत र सिँचाइको क्षेत्रमा सहयोग गर्न चाहना व्यक्त गरेको छ ।  सिँचाइमन्त्री सञ्जयकुमार गौतमसँग दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज मन्त्रालयमा भेट गरी नेपालको राष्ट्रिय गौरवका आयोजनामध्येको एक भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ‘इलेक्ट्रो मेकानिकल पार्ट’मा सहयोग गर्ने चाहना व्यक्त गरेका छन् ।

मन्त्री गौतमले कम समयमा धेरै वर्षा हुने मुलुक भएकाले नेपालको जलस्रोतको उपयोगमा दक्षिण कोरियाको सहयोग अपेक्षित रहेको बताए । राजदूत सिकले हालै वर्षा र बाढीले तराईमा पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै जलस्रोतको व्यवस्थापनमा आफ्नो मुलुकको प्रविधि नेपाललाई उपयोगी हुने विचार व्यक्त गरेका थिए ।

मन्त्रालयका सहसचिव सुशीलकुमार तिवारीका अनुसार यो आयोजनाबाट बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सेवा पुर्याउने र ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सात वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना करिब रु ३० अर्बको लागत निर्माण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *