ह्वाट्सएपमा भेरिफाइड बिजनेस प्रोफाइल फिचर

एजेन्सी । मेसेजिङ एप ह्वाट्सएपले भेरिफाइड बिजनेस प्रोफाइल फिचर सुरु गर्ने भएको छ । यसअघि विन्डोज फोनको बिटा एपमा ह्वाट्सएपले भेरिफाइड प्रोफाइलको परीक्षण सुरु गरेको खबर आएको थियो । तर, ह्वाट्सएपले आधिकारिक रूपमै भेरिफाइड प्रोफाइलको फिचर ल्याउन लागिएको घोषणा गर्दै एन्ड्रोइडको बिटा भर्सनमा यसले कसरी काम गर्दछ भन्ने कुराको जानकारी दिएको छ ।

साथै ह्वाट्सएपमा एउटा अर्को महत्त्वपूर्ण फिचर पनि थप हुने बताइएको छ । युपिआई इन्टिग्रेसन नामक उक्त फिचर थप भएसँगै ह्वाट्सएपबाट रकम ट्रान्सफर गर्न सहज हुनेछ । ह्वाट्सएपको भेरिफाइड प्रोफाइल पनि फेसबुक, इन्स्टाग्राम तथा टि्वटर जस्तै हुनेछ । जसबाट यस प्लेटर्फममा विभिन्न व्यवसायसँग सम्पर्क स्थापित गर्न सहज हुनेछ । फेसबुकका अधिकारीले ह्वाट्सएपका कतिपय विजनेस अकाउन्ट भेरिफाइ गरिसकिएको खुलासा गरेका छन् ।

यति तपाईँले हरियो ताराभित्र सेतो टिकमार्क कसैको कन्ट्याक्टको नामको अगाडि देख्नुभयो भने बुझ्नुहोस् की त्यस व्यक्तिको प्रोफाइल बिजनेस प्रोफाइलको रूपमा भेरिफाइड छ ।

कसरी काम गर्छ भेरिफाइड प्रोफाइलले ?

आफ्नो एक पोस्टमा कम्पनीले लेखेको छः ह्वाट्सएपमा यदि तपाईँले कुनै व्यवसायको कुरा गरिरहेको छ भने च्याटमा देखिने मेसेज पहेँलो बक्समा आउनेछन् । यो च्याटमा मेसेज डिलिट गर्न सकिनेछैन ।

यदि तपाईँको एड्रेस बुकमा कुनै कम्पनीको नम्बर सेभ छ भने तपाईँले सेभ गरेकै नाम देखा पर्नेछ । तर, तपाईँले कुनै फोन नम्बर सेभ गर्नुभएको छैन भने उक्त कम्पनीले आफ्नो जुन नाम राखेको छ सोही नाम देखापर्नेछ । कुनै कम्पनीले ह्वाट्सएपमा दिक्क नपारुन् भन्ने चाहनुहुन्छ भने तपाईँले त्यस्ता कम्पनीलाई ब्लक पनि गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *