अस्पतालको छतबाट हामफालेर आत्महत्या

किशोर खनाल, भरतपुर । भरतपुर अस्पतालको छतबाट हामफालेर सोमबार एकजनाले आत्महत्या गरेका छन् ।कावासोती नगरपालिका वडा नं. २ नवलपरासीका ५४ वर्षीय देवीप्रसाद पाण्डेले हामफालेर आत्महत्या गरेको चितवन प्रहरीले जनाएको छ । उनी उपचारका लागि भरतपुर अस्पताल पुगेका थिए ।

प्रहरीका अनुसार सोमबार दिउँसो करिब साँढे ४ बजे अस्पतालको मेडिकल वार्डको छतबाट हामफालेका पाण्डेको टाउको र हातमा गहिरो चोट लागेको थियो । उनको उपचारका क्रममा राति साँढे ९ बजे मृत्यु भएको हो । चितवन प्रहरीले दिएको जानकारीअनुसार उनी एचआईभी संक्रमित भएको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *