उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेपछि राष्ट्रसंघ सुरक्षा परिषदको आकस्मिक बैठक
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ १४ । जापान र अमेरिकाले उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेपछि त्यसबारे छलफल गर्न सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइएको छ । उत्तर कोरियाले मंगलवार बिहानै परीक्षण गरेको क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको थियो। सुरक्षा परिषद्को गएराती बसेको छ । जापान र अमेरिकाका साथै दक्षिण कोरिया, अष्ट्रेलिया र ब्रिटेनले पछिल्लो क्षेप्यास्त्र परीक्षणको निन्दा गरेका छन् ।
जापानको उत्तरी हकाइदो टापुको करिब ३ हजार किलोमिटरसम्म उत्तर कोरियाली क्षेप्यास्त्र पुगेको थियो । उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको थियो र मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








