अाज एकैदिनमा सुनको भाउमा १ हजार बृद्धि

काठमाडौं, भदौ १३ । मंगलबार सुनको भाउमा वृद्धि आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि आएर तोलाको ५६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य तोलाको ५५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको भाउमा पनि तोलामा १५ रुपैयाँले बढेर तोलाको ७७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

मंगलबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १३ सय २६ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eight =